Rashtriya Dainik

विभिन्न पार्टी परित्याग गरि शुद्धोधनमा १२५ जना नेकपामा प्रबेश

रुपन्देही /पुस २

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा विभिन्न पार्टीमा आवद्ध नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन।
नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र नेपाली काङ्ग्रेसमा १२५ जनालाई लुम्बिनी प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरिले स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री एंव नेकपा केन्द्रिय सदस्य गिरिले नवागंतुक युवाहरूलाई आगामी नेतृत्वका लागि तयार हुन र बुद्धिजिवि तथा जेष्ठ नागरिकहरुबाट सल्लाह सुझावको अपेक्षा राखेको बताउनुभयो ।
उहाले नेकपा पार्टी फुट्छ भनेर विभिन्न किसिमका भ्रम फैलिएको भन्दै पार्टी फुटको कल्पना नगर्न आग्रह गर्नुभयो ।
पार्टीको आन्तरिक छलफलको विषयलाई मिडियाले गलत तरिकाले प्रचार गरेको समेत आरोप लगाउनुभयो।

यस्तै लुम्बिनी प्रदेश सभा सदस्य एंव प्रदेश पार्टी कमिटी सदस्य तुलसी चौधरीले नेकपा सरकारमा आइसकेपछि गाउँ गाउँमा विकास निर्माणका कार्यहरुले तिब्रता पाएको बताउनुभयो ।
देश विकासका लागि नेकपा एकमात्र निर्विकल्प पार्टी भएको उद्घोष गर्नुभएको छ।
शुद्धोधन गाउँपालिका अध्यक्ष एंव पार्टीका गाउँकमिटी सदस्य किसुनचन्द चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी रुपन्देही क्षेत्र न: ३ का सचीव प्रेम गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।

पार्टी गाउँपालिका अध्यक्ष नरबहादुर घर्तीको अध्यक्षता, मन्त्री लिला गिरिको प्रमुख आतिथ्यता तथा पार्टी गाउँपालिका सदस्य विष्णु गौतमको सञ्चालनमा सम्पन्न भएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित