दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढ्यो

काठमाडौं , १६ पुस

प्रशोधित दूधको मूल्य एकैपटक १४ रुपैयाँले बढेको छ । बढेको मूल्य शनिबारदेखि नै लागू हुने डेरी उद्योग संघले जनाएको छ ।

प्रतिलिटर ८६ रुपैयाँ कायम रहँदै आएको दूधको मूल्य १४ रुपैयाँले बढाएर प्रतिलिटर एक सय रुपैयाँ पुर्‍याइएको छ । डेरी एसोसिएसनले स्ट्यान्डर्ड दूध पाँच सय मिलिलिटरको ५० रुपैयाँ तोकेको छ। यसअघि पाँच सय मिलिलिटरको दूधको मूल्य ४३ रुपैयाँ रहेको थियो । मूल्यवृद्धि गरेको एक वर्ष नपुग्दै डेरी उद्योगीहरूले दूधको खुद्रा मूल्य फेरि बढाएका हुन् । राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिअनुसार दुई–दुई वर्षमा मात्रै बजारमूल्य समायोजन गर्न पाइने भए पनि डेरी उद्योग संघको संरक्षणमा केही डेरी उद्योगीले किसानको बहाना बनाउँदै मूल्य बढाएका हुन् । यसअघि ०७८ माघ २८ मा सरकारले दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्य बढाइसकेको छ ।

नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले यसअघि रोकारवालासँग समन्वय गरेर मात्र दूधको मूल्य बढाउँदै आए पनि यस पटक भने निजी क्षेत्रले सम्बन्धित निकायसँग समन्वय नै नगरीकन दूधको मूल्य बढाएका हुन् । डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले दूध प्रशोधनमा प्रयोग हुने इन्धन, डेरी केमिकल र बैंक ब्याजलगायतका कारणले अहिलेको अवस्थामा मूल्य बढाउन बाध्य भएको बताए । उनले भने, ‘कृषकस्तरबाटै दाना–चोकर, दुधालु गाईबस्तुको मूल्यवृद्धिका कारणले बढाउन बाध्य भएका हौँ ।’ निजी क्षेत्रले एक वर्ष नपुग्दै दूधको मूल्य बढाएका हुन् । यसअघि गत वर्ष माघमा दूधको मूल्य पाँच सय मिलिटरको ४३ रुपैयाँ पुर्‍याएका थिए । मूल्य शनिबारबाट बढाउने भनिए पनि निजी क्षेत्रले अघिल्लो सातादेखि नै दूधको मूल्य बढेको भन्दै निजी डेरीहरूले बढी रकम लिन थालिसकेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!