Rashtriya Dainik

अपांगता समावेशीकरण तथा पुनरस्थापना सम्बन्धि अभिमुखिकरण

राष्ट्रिय दैनिक / नवलपरासी , १६ पुस

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ साेमनीमा अपांगता समावेशीकरण तथा पुनरस्थापना सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ।

प्रतापपुर गाउँपालिकाकाे समन्वय सहकार्य तथा युनाइटेड मिसन टु नेपालको सहयोग , सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजना एवं अपांगता समावेशी विकास परियोजना अन्तर्गत कार्यक्रम गरिएको हाे।

प्रतापपुर गाउँपालिका कार्यपालिका सदस्य गिता यादवकाे अध्यक्षता तथा वडा नम्बर ३ वडा अध्यक्ष ऋिषिदेव दास पटेलकाे प्रमुख अातिथ्यतामा अपांगता भएकै कारण लगाइने लान्छना तथा भेदभाव न्युनिकरण र अपांगता समावेशीकरण तथा पुनरस्थापना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे।

अभिमुखिकरण कार्यक्रमलाईलाई सम्बाेधन गर्दै प्रतापपुर गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष पटेलले लोकतन्त्रको सुन्दर पक्ष समावेशीकरण भएको हुनाले अपांगता भएका ब्यक्तिहरुलाई पनि राज्यको हरेक निकायमा सहभागीता गराउनुपर्ने बताएका थिए ।अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार सुनिश्चितताका लागि सधै आफू र आफ्नो वडा कार्यालय अग्रसर रहनेछन् । उहाले न्यायोचीत रुपमा सवै अपाङगता भएकालाई सीप क्षमता विकासमा आवश्यक कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । अपाङगता भएका ब्यक्तिहरुको लागि ठोस योजना बनाएर अगाडी बढेको बताउदै उनिहरुको क्षमता बिकासको लागि सिप बिकास तालिमको आयोजना हालै सन्चालन गरिने बताउनु भयो ।

प्रतापपुर गाउँपालिका वडा नम्बर ३ अन्तर्गतका ६५ जना सहभागीता रहेको कार्यक्रमकाे सहजिकरण अपांगता समावेशी विकास परियोजनाकाे सहजकर्ता उमेश कुमार बि.कले गर्नुभएको थियो ।

अपांगता समावेशी विकास परियोजना अन्तर्गत नवलपरासीको प्रतापपुर गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकाकाे प्रत्येक वडामा याे परियोजना सन्चालनमा रहेकाे र हाल सबै वडामा अपांगता भएकै कारण लगाइने लान्छना तथा भेदभाव न्युनिकरण र अपांगता समावेशीकरण तथा पुनरस्थापना सम्बन्धि अभिमुखिकरण कार्यक्रम भइरहेको परियोजना संयाेजक श्यामसुन्दर ढुङ्गानाले जानकारी दिनुभएको हाे।

त्यस्तै गणक मार्फत प्रतापपुर गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकामा अपांगता भएको ब्यक्तिकाे पहिचान एवं घरधुरी सर्वेक्षण भइरहेकाे र तथ्यांक अाएपछि अपांगता भएको ब्यक्ति र उनिहरुकाे परिवारलाई विशेष प्राथमिकतामा राखि परियोजनाकाे गतिविधि प्रभावकारी रुपमा अगाडि बढाउने युनाइटेड मिसन टु नेपालकाे अपांगता समावेशी विकास परियोजना ब्यवस्थापक अन्जना श्रेष्ठले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित