Rashtriya Dainik

सरसफाईमा सक्रिय बन्दै नवलपरासीको साेमनीका महिलाहरु

राष्ट्रिय दैनिक / नवलपरासी , १५ पुस

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ साेमनीका महिलाहरु सरसफाईमा अग्रसर बन्दै गएका छन ।

दिनप्रतिदिन घर आगनमा फोहोर थुप्रिँदै गएपछि प्रतापपुर गाउँपालिका वडा नम्बर ३ साेमनीका महिलाहरु सरसफाइमा जुटेका हुन् ।

घर आगन देखी बजार सम्मको फोहोर व्यवस्थापन गर्न प्रतापपुर गाउँपालिका वडा नम्बर ३ साेमनी महिला समुहहरु जुटेको एकीकृत ग्रामीण सामुदायिक स्वास्थ्य परियोजना सहजकर्ता कमला फुल्देलले जानकारी दिनुभएको हाे ।

इन्द्रेणी सामाजिक विकास मन्चकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयोगमा सन्चालित एकीकृत ग्रामीण सामुदायिक स्वास्थ्य परियोजना मार्फत सन्चालनमा रहेको अामा समूह मार्फत बृहत सरसफाइ कार्यक्रम गरिएको छ।

प्रतापपुर गाउँपालिका कार्यपालिका सदस्य गिता यादवकाे नेतृत्वमा तथा वडा नम्बर ३ वडा अध्यक्ष ऋषिदेव पटेलकाे प्रमुख अातिथ्यतामा सरसफाइ सम्बन्धि जनचेतनामूलक कार्यक्रम एकीकृत ग्रामीण सामुदायिक स्वास्थ्य परियोजना सहजकर्ता कमला फुल्देलले जानकारी दिनुभएको हाे।

सरसफाइ कार्यक्रम अन्तर्गत साेमनि गाउँदेखि साेमनी चाैराहासम्म सरसफाइ गरि सड्ने र नसड्ने गरि फाेहाेर छुट्याएर फाेहाेर ब्यवस्थापन गरिएको थियोे ।

जताततै फोहोर बढेर दुुर्गन्धित हुन थालेपछि सरसफाई गर्ने कार्य महिलाहरुको क्षमता अभिबृद्धि गरेर सरसफाई अभियानमा जुट्न एकीकृत ग्रामीण सामुदायिक स्वास्थ्य परियोजनाले सहजिकरण गरेको वडा नम्बर ३ वडा अध्यक्ष ऋषिदेव पटेलले जानकारी दिनुभएको हाे ।

बजारलाई स्वच्छ र सफा राख्न सरसफाई अभियानमा लागेको वडा नम्बर ३ वडा सदस्य एव कार्यपालिका सदस्य गिता यादवले बताइन् ।

मुुख्य-मुख्य चोकमा फोहोरको थुुप्रो लाग्दै आएको थियो आवतजावतमा समस्या हुने गरेको बेला अामा समुहले सरसफाइ गरेर जम्मा पारिएको फोहोरलाई ब्यवस्थापन गरेका छन।

स्वच्छ र सफा बनाउन घरधनीलाई सरसफाइ अभियानमा स्वतस्फुर्त लाग्ने वातावरण बनाउन आवश्यक रहेकोले सो समन्वयमा वडा र एकीकृत ग्रामीण सामुदायिक स्वास्थ्य परियोजनाले गर्ने जनाएको छ । बजार क्षेत्रभरि जताततै फोहोर बढेपछि त्यसबाट सफा राख्न मासिक रुपमा सरसफाई अभियान सञ्चालन गरिएको जनाएको छ ।

कार्यक्रममा आफ्नो घरबाट निस्केको फोहोर वर्गीकरणको आधारमा व्यवस्थापन गर्न र घर आंगन सफा राख्न अनुरोध गरीएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित