काठमाडौँ– एउटी आमालाई काठमाडौंको तीनकुनेमा अलपत्र अवस्थामा फालेर हिड्ने सन्तानको खोजीका लागि मानवसेवा आश्रमले सामाजिक सञ्जालमा ती आमाको तस्वीरहरु सार्वजनिक गरेको छ । मानव सेवा आश्रमले बिरामी अवस्थामा फेला परेकी ती आमाको तीनकुनेबाट उद्धार गरेपनि उनको मृत्यु भएको छ । मुना मानवसेवा नामको फेसबुकमार्फत उनका छोराछोरीलाई चिन्नेहरुका बारेमा खबर गरिदिनु भन्दै तस्वीर सार्वजनिक गरिएको छ । फेसबुकमा यस्तो लेखिएको छ यस्तो छ हाम्रो समाज – जन्मदिने आमालाई यसरी फ्यालिदिने महा मानव ति छोरा अनि सन्तानको अनुहार हेर्न मन छ ।😌 मेरो मृत्युबाट तिमी खुशी हुन्छौ भने तिम्रो लागि हाँसीहाँसी मृत्यु वरण गर्न तयार छु छोरा ! तिम्रै सफल र असल जीवनकै लागि त नौ नौ महिना सम्म कत्ति पनि अफ्ठेरो नमानी पेटमा बोकेर हिँडे, प्रसव पीडा सहेर यो धर्ति देखाएँ अनि तिमीलाई समाजमा लायक बनाएँ । तिम्रो लागि म लायक बन्न सकिन होला छोरा त्यसैले त चिन्दै नचिनेका मानिसको काखमा अन्तिम श्वास फेर्ने अवस्था आयो ! सायद तिम्रो काखमा जीवनका अन्तिम पलहरु बिताउन मैले भाग्यमा ल्याएको थिइन होला छोरा ! सधै खुशी रहनु छोरा ! मेरो शुभ-आशिर्वाद !! (काठमाण्डौ तिनकुनेको झाडीबाट हिजो राति उद्धार गरिएकी आमालाई बचाउन सकिएन) यस्ती आमालाई झाडीमा ल्याएर फ्याल्ने उनको परिवारलाई खोज्न यो पोष्ट सक्दो सेयर गरिदिनुहुन अनुरोध छ । यो हद सम्मको “कु” गर्नेलाई सामाजिक बहिस्कार गरौं । आमाको घरपरिवारलाई कसैले चिन्नुहुन्छ भने ९८५५०७६००४ मा सम्पर्क गरी जानकारी गराउनहुन सादर अनुरोध छ । अपराधको पराकाष्ट, अमानवीयताको सीमा नै पार गरी यी आमालाई झाडीमा फ्यालिएछ । उद्धार गरी अस्पताल लादा लादै आमाको मृत्यु भयो । आमालाई बचाउन त सकिएन तर आमालाई झाडीमा ल्याएर छाड्ने महामानवलाई देख्ने ईच्छा भयो । आमाको स्वार्गमा बाँस होस् ,स्वार्गिय आत्माप्रती भावपुर्ण श्रद्धाञ्जली । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।