रामु भुसाल / नवलपरासी , १५ पुस
राष्ट्रिय अखण्डता , जातिय सद्भाव , क्षेत्रिय एकता आजको आवश्यकता भन्ने मुल नारा सहित क्षेत्री समाज नेपाल नवलपरासी ले आफ्नो नव निर्मित भवन उद्घाटन ,सम्मान तथा वनभोज कार्यक्रम पश्चिम नवलपरासीको बर्दघाट १६ सुर्यनगरमा सम्पन्न गरेको छ ।
क्षेत्री समाज का जिल्ला अध्यक्ष मनोज कुमार कार्कीको अध्यक्षता तथा समाजका केन्द्रिय अध्यक्ष प्रध्यापक दिल बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रीले नेपालका प्रजातान्त्रिक आन्दोलन देखी देशका विभिन्न आन्दोलनमा क्षेत्री समाजको महत्तवपुर्ण भुमिका रहेतापनि राज्यले ब्राह्मण क्षेत्रीलाई जातकै आधारमा विभेद गरेको हुदा दबाबका लागी जातिय संगठन हुन आवश्यक रहेको बताउनुभयो । साथै उहाले समाज रुपान्तरण र आफ्नो सम्पदा जगेर्नाका लागी समाजले अग्रणी भुमिका खेल्नु पर्ने बताउनुभयो । सो अवसरमा बिशिष्ट अतिथिको रुपमा लुम्बिनी प्रदेश सदस्य खड्क बस्नेत ले आफ्नो भाषा , भेषभुषा , र रहनसहनलाई बचाईराख्न पहिचान सहित संगठित हुनुपर्ने बताउदै कुनैपनि जातिय संगठनले समाजमा समाजिक सदद्भाव खलबलिने खालका क्रियाकलाप नगरी सबै समुदाय संग मित्रवत सम्बन्ध राख्दै अगाडी बढ्न सके देशमा समृद्धि ल्याउन सकिने बताउनुभयो ।
कार्यक्रममा समाजका केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर थापा , समाजका बर्दघाट नगर कमिटि अध्यक्ष खम बहादुर खत्रि , उत्तमध्वज के.सी लगायतले मनतव्य राख्नुभएको थियो । सो अवसरमा समाजले बर्दघाट १६ मा निर्माण गरेको समाजको बहुउदेश्य भवनको समेत प्रमुख अतिथि द्धारा उद्घाटन गरिएको थियो । सो भवन विभिन्न संघ संस्था र समाजसेवीको सहयोगमा करिब ३६ लाख ७० हजार को लगानीमा निर्माण भएको समाजको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा भवन निर्माणमा अत्याधिक आर्थिक सहयोग गर्नुहुने बर्दघाट निवासी लाल बहादुर अधिकारी र सुखाराम चौहानलाई र समाजमा आवद्ध क्षेत्रीहरुका उच्च शिक्षा हासिल गरेका ९ जना छात्र छात्राहरुलाई सम्मान पत्रहरुले सम्मान गरेको थियो । सहयोगी चौहान र अधिकारीले समाजको भवन निर्माणका लागी १२,१२ लाख बराबरको जग्गा प्रदान गर्नुभएको थियो । सो अवसरमा समाजबाट प्रदेशसभामा विजयीहुनुहुने खड्क बस्नेतलाई समेत सम्मान गरिएको थियो । सो अवसरमा अष्ट्रेलियामा अध्ययनरत स्वेता खड्काद्धारा १ थान ल्यापटप समेत समाजलाई हस्तान्तरण गर्नु भयेको थियो।
समाजका बरिष्ठ उपाध्यक्ष मञ्जु खत्रिको स्वागत मन्त्ब्य रहेको कार्यक्रमको सन्चालन सचिव मान बहादुर खत्रिले गर्नुभएको थियो ।
क्षेत्री समाजले पश्चिम नवलपरासीले समुदायमा रक्तदान,आँखा शिबिर लगायत विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको र समाजले पश्चिम नवलपरासीका ३ स्थानमा आफ्नो भवन र त्रिवेणीघाटमा अत्याधुनिक दाहसंस्कार गृह निर्माण गर्ने लक्ष्यका साथ अगाडी बढेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

