उत्तमकुमार थापा/ बझाङ ,१५ पुस
छविस पाथिभेरा गाउँपालीका वडा नम्बर ७ मा स्वास्थ्य शिविर तथा निशुल्क अाैषधि बितरण शिविर सम्पन्न भएको छ ।
गाउँपालीकाकाे वडा नम्बर ७ काे आयाेजनामा यहीँ पाैष १४ गते र १५ गते सम्म सञ्चालन भएको शिविर आज सम्पन्न भएको हाे । मजखाेरी आधारभूत स्वास्थ्य ईकाइ मजखाेरीमा सञ्चालन भएको शिविर सम्पन्न भएको वडा अध्यक्ष विजय धामीले बताए ।
स्थानीय सरकार सञ्चालन भए पछि छविस पाथिभेरा गाउँपालीकाले वडा नम्बर ७ दुर्गम वडा भए कारण यस वडामा हाेलबाेडी चेकअफ शिविर सञ्चालन गरिएको गाउँपालीका अध्यक्ष बसन्त चलाउनेले बताउनु भयाे ।
यहीँ १४ गते देखि सञ्चालन भएको स्वास्थ्य शिविरमा ४५० जनाले सेवा लिएका छन । शिविरमा भिडियो एक्सरे,सहित विभिन्न सेवा सञ्चालन गरिएका थिए । शिविरमा पाठेघर खस्ने समस्या भएका महिलाको चेकजाच क्षेयराेग सम्वन्धि उपचार हातजाेर्नि सम्वन्धि उपचार सहितका सेवाहरु विशेषज्ञ डाक्टरद्वारा चेकजाँच गराउन लगाएकाे उपाध्यक्ष लक्षिमन बाेहराले बताए ।

शिविर समापन कार्यक्रम भने वडा अध्यक्ष बिजय धामीकाे अध्यक्षतामा गाउँपालीका अध्यक्ष बसन्त बहादुर चलाउने प्रमुख अतिथि गाउँपालीका उपाध्यक्ष लक्षिमन बाेहरा बिशिस्ट अतिथि लगाएत सेवा ग्राहीहरुकाे उपस्थिति सहित शिविर सम्पन्न भएको थियाे । उपचार पाएपछि स्थानीय बासिन्दाहरु खुसि भएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

