Rashtriya Dainik

बर्दघाट १५ मा आगो ताप्ने क्रममा शरीरमा आगो लाग्न गइ उपचारको क्रममा एक महिलाको मृत्यु

अारपि उपाध्याय / नवलपरासी , १५ पुस
पश्चिम नवलपरासी बर्दघाट नगरपालिका १५ मा आगो ताप्ने क्रममा शरीरमा आगो लाग्न गइ उपचारको क्रममा एक वृद्ध महिलाको मृत्यु भएको छ।

बर्दघाट नगरपालिका १५ पृथ्वीबस्ती बस्ने वर्ष ७८ कि बलबी बसना कुमाल आफ्नै घर बाहिर परालको आगो ताप्ने क्रममा आफुले लगाएको कपडामा आगो सल्किदा सक्त घाइते भइ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभएको छ।

आगो ताप्दा शरीरमा लगाएको कपडामा आगो लागि घाइते भएकी कुमाललाइ तत्काल मिसन अस्पताल पाल्पामा लगि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

आगलागी भए लगत्तै इलाका प्रहरी कार्यालय सेमरीबाट प्रहरी नायब निरीक्षक जगतबहादुर थापाको कमान्डमा गएको प्रहरी टोलिले थप अनुसन्धान गरिरहेको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित