Rashtriya Dainik

लुम्बिनी प्रदेशसभाले पाँच वर्षमा बनायो ७२ कानुन

बुटवल, १५ पुस ।
लुम्बिनी प्रदेशसभाले पाँच वर्षमा ७२ वटा कानुन निर्माण गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका अनुसार प्रदेशसभाले बनाएका ७२ वटा कानुन कार्यान्वयनमा आइसकेका छन् भने १२ वटा कानुन निर्माणको प्रक्रियामा छन् ।

जिल्ला समन्वय समिति दाङले आयोजना गरेको स्थानीय पालिकाको समन्वय बैठकलाईं सम्बोधन गर्दै मुख्यमन्त्री केसीले प्रदेशले बनाएका कानुन पालना गर्नु सबै प्रदेशबासीको कर्तव्य भएको पनि बताए ।

उनले स्थायी राजधानी कार्यान्वयनमा आफूले प्रदेशबासीलाई न्याय गरेको दावी पनि गरे । ‘नेपालको संविधानले एक पटकमात्रै प्रदेशको नाम र राजधानीको विषयमा निर्णय गर्ने अधिकार दिएको छ, हामीले प्रदेशबासीको समग्र हितका लागि एक पटक निर्णय गरेर कार्यान्वयनका लागि स्थायी मुकामबाट कार्य सञ्चालन गरिसकेका छौं,’ केसीले भने ।

नेपालको संघीय व्यवस्थालाई मजवुत बनाउनको लागि प्रदेशको संरचना बलियोका साथसाथै अधिकारसम्पन्न र कार्यकारी बनाउनु पर्ने उनले बताए । उनले स्थानीय तह पनि स्वायत्त सरकार भएकोले नदीजन्य पदार्थ उत्खनन् गरी स्थानीय तहको विकासका लागि राजश्व लिई अगाडि बढाउनको लागि आग्रह गरे । उनले नगर प्रहरी गठन गरी आफैले चोरी निकासीलाई नियन्त्रण गर्नुपर्ने बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित