Rashtriya Dainik

युवा विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे अाठाैँ बार्षिक साधारणसभा सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , १५ पुस

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ साेमनीमा अवस्थित युवा विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे अाठाैँ बार्षिक साधारणसभा सम्पन्न भएको छ।

संस्थाकाे अध्यक्ष देशबन्धु यादवकाे अध्यक्षता तथा प्रतापपुर गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष ऋिषिदेव पटेलकाे प्रमुख अातिथ्यतामा साधारणसभा सम्पन्न भएको हाे।

अाठाैँ बार्षिक साधारणसभालाई सम्बाेधन गर्दै प्रतापपुर गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष पटेलले सहकारीले महिलाहरु एक ठाउँमा उभ्याउन सफल भएको बताउदै महिला दिदीबहिनीहरुलाई सक्षम बन्नुकाे साथै पैसाको बचत गर्ने बानीको विकास गरेको उहाँले बताउनुभयो । सहकारीलाई अगाडी बढाउन एकजना ब्यक्तिको मात्र नभएर सबै सदस्यहरुको उत्तिकै भूमिका रहने बताउँदै अाफुले सहकारीमा बिगतका दिनदेखि सहयोग गर्दै अाइरहेकाे हुनाले अगामि दिनमा पनि जनताको सुखदुःखमा हमेशा साथ दिने प्रतिब्द्वता साथ सहकारीको उत्तराेतर प्रगतिकाे कामना सहित शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

बार्षिक साधारणसभामा समाजसेवी श्रीनिवास यादव र कार्यपालिका सदस्य गिता यादवले संस्थाको प्रगतिकाे कामना सहित बार्षिक साधारणसभाकाे सफलताकाे शुभकामना गर्नुभएको थियोे ।

१० लाख बराबरको काराेबर गरेको संस्थाका ब्यवस्थापक राजु प्रसाद सहानीले जानकारी दिनुभएको हाे। २०६६ सालमा स्थापना भएको संस्थामा हाल सय भन्दा बढी सदस्य रहेका छन । युवाहरुकाे सक्रियतामा सन्चालनमा युवा क्लबबाट सहकारीकाे रुपमा हालै परिवर्तन गरिएको संस्थाकाे अध्यक्ष देशबन्धु यादवले जानकारी दिनुभएको हाे।

संस्थाका सेयर सदस्य हृदयेश यादवकाे स्वागत मन्तब्यबाट सन्चालन भएको कार्यक्रमकाे सन्चालन उमेश यादवले सन्चालन गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित