उमेश बि.क / नवलपरासी ,२ पुस पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ५ मा जीवन उद्यमशिल बनाअाैँ तालिम सम्पन्न भएको छ। काेइका नेपालीको अार्थिक सहयोग ,गुड नेवर्स इन्टरनेसनलकाे प्राविधिक सहयोग ,सहमति संस्थाद्वारा सन्चालित सामाबेशी ग्रामीण विकास परियाेजनाकाे अायाेजना तथा सुनवल नगरपालिकाकाे समन्वमा ९ दिन सम्म सन्चालन भएको जीवन उद्यमशिल बनाअाैँ तालिम बुधबार सम्पन्न भएको हाे। सुनवल नगरपालिका वडा नं. ५ वडा अध्यक्ष थमन सिंह नेपालीले कार्यक्रममा बाेल्दै कुनै पनि व्यवसाय सञ्चालन गर्नका लागि पहिले उद्यमशिल तालिम आवश्यक पर्ने भन्दै उद्यमशिलतासँगै आत्मनिर्भर बन्नका लागि तालिम ठुलाे सहयोग पुर्याउने बताउनुभएको थियो । तालिमले सहभागिहरुलाई उद्याेग सञ्चालनका लागि शैधान्तीक ज्ञान प्रदान गरेको भन्दै विषयगत तालिमले उद्योग सञ्चालनका लागि थप सहयोग पु¥याउने बताएका थिए । युवाहरुलाई शशक्तिकरण गर्दै स्वरोजगार सिर्जना गर्ने लक्ष्य रहेकोले सहभागीहरुलाई तालिम पछि उपलब्धिमुलक काम गर्न अनुरोध गर्नुभएको हाे। युवाहरुलाई वैदेशिक रोजगारभन्दा सम्भावित व्यवसाय गरी आत्मनिर्भर तुल्याउने, के व्यवसाय कहाँ र कसरी गर्न सकिन्छ भन्ने बारे सृजनशिलताको विकास गर्ने, व्यवसाय गर्दा आगामी सोच, बजारको जानकारी, निर्णय लिनु , व्यवसाय गर्दा बुद्धिमत्तापूर्ण तरिकाले पूँजी लगानी गर्ने तरिका तथा युवालाई आफु सुहाउँदो व्यवसाय छनौट गर्न उत्प्रेरणा र सफलता दिलाउने तरिकाहरु तालिममा सिकाइएकाे आयोजकले बताएको छ । करिब ६५ जनाकाे सहभागीता रहेको तालिमकाे सहजिकरण बिमला सुवेदीले गर्नुभएको र तालिम तीन चरणमा सन्चालन भएको हमतिकाे सहजकर्ता रिना गुरुङले जानकारी दिनुभएको हाे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।