बाल विवाह गराइरहेका अवस्थामा पण्डित र बेहुला सहित ६ जना प्रहरी नियन्त्रणमा

रौतहट / ३० मंसिर

रौतहटमा बाल विवाह गर्न लागेका दुलाहा विवाह गराउन लागेका पण्डित सहित प्रहरी नियन्त्रणमा परेका छन् ।
जिल्लाको गरुडा नगरपालिका ५ शिवनगरमा रहेको शिव मन्दिरमा सोमबार विवाह गर्न मण्डपमा बसेका इशनाथ नगरपालिका –३, औरैयाका २२ वर्षीय दुलाहा मुकेश गिरी प्रहरी नियन्त्रण परेका हुन् । उनीसँगै उनका बुबा राम सागर गिरी, आफन्त राम श्रेष्ठ गिरी र विवाह गराउने पण्डित कपिलदेव चौवेलाई प्रहरीले मण्डपबाट विवाह हुँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धि बिक्रम साहको निर्देशनमा इलाका प्रहरी कार्यालय शिवनगरका प्रमुख प्रहरी नायव निरिक्षक आमोद प्रकास यादवको टोलीले शिवमन्दिरमा बनेको मंडपबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गरुडामा बुझाएको थियो ।
प्रहरीले बालिकाको आमा लक्ष्मी गिरी, सानिआमा गिता गिरीलाई पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । उनीहरूले बालिका र उनीहरूको आफन्तलाई पैसाको प्रलोभनमा पारी विवाह गर्न प्रेरित गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको रावलले बताउनुभयो ।
प्रहरीका अनुसार मुकेशले विवाह गर्न लागेकी बालिकाको उमेर अन्दाजी १४–१५ वर्षको मात्र रहेको छ । तर बालिकाको आफन्तले भने उनको उमेर १८ वर्ष रहेको बताउँदै आइरहेका छन् । बालिकाको आफन्तले भने बालिकाको घरको आर्थिक स्थिति पनि कमजोर भएकाले उनको बिहे गरेर पठाउन लागेको बताए ।
दुलाहा बनेर विवाह गर्न ठिक्क परेका मुकेशले १२ कक्षा उर्तिण गरेका छन् भने उनी बोल्न र सुन्न भने सक्दैनन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक साहले उनीहरुलाई थप अनुसन्धान पश्चात बाल विवाह अन्र्तगत मुद्धा चलाउने तयारी भइरहेको जनाउँदै बाल विवाहजस्तो सामाजिक कुरिती हटाउन रौतहट प्रहरी सक्रिय रुपमा लागि रहेको बताउनुभयो । मुलुकी अपराध संहिता ऐन २०७४ ले विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनेको छ । सो ऐनमा यदि कसैले सो विपरीत भएको विवाह गराएमा सो विवाह स्वतः बदर र त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना प्रावधान गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot