Rashtriya Dainik

सरावल गाउँपालिकाले लागु पदार्थ दुर्ब्यसन बिरुद्ध विद्यार्थीहरुलाई सचेतना गराउदै

उमेश वि.क/ नवलपरासी ,३० मंसिर

नवलपरासीको सरावल गाउँपालिकाले लागु पदार्थ दुर्ब्यसन बिरुद्ध विद्यार्थीहरुलाई सचेतना कार्य सुरु गरेको छ।

न्यायिक सराेकार संस्थाको आयोजना तथा सरावल गाउपालिकाको अार्थिक सहयोगमा उक्त कार्यक्रम मंगलवारबाट सुरु गरिएको हो ।

पालिकाभरी हरेक वडाको एक सामुदायिक र एक संस्थागत विद्यालयमा (वडाका सबै विद्यालयका विद्यार्थीमा सन्देश पुग्ने गरी ) विद्यार्थीहरुलाई लागु पदार्थ दुर्ब्यसन बिरुद्ध सचेतना अभियान सुरु गरिएको छ ।

मंगलवार एक कार्यक्रम बिच सरावल ४ मा अवस्थित सिद्धार्थ मा.बि गोबरहियामा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले कार्यक्रमकाे उदघाटन गरि सुरुवात गर्नुभएको हाे।

कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले लागु पदार्थ दुर्ब्यसन बिरुद्ध सचेता कार्यक्रम अहिलेको अवस्थामा बालबालिका, युवा र महिला दिदिबहिनीहरुको लागि अति आवश्यक रहेको बताउनु भयो। कुलतमा फसेर कयौं मान्छे अाफ्नाे जिवन बर्बाद गरिरहेका छन।

प्रत्येक ब्यक्ति अाफ्नाे छाेरा छाेरी प्रति निगरानी राख्न जरुरी छ। लागुपदार्थ दुर्ब्यसनले सामाजिक, अार्थिक तथा स्वास्थ्य समस्याहरू निम्त्याउदछ । त्यसैले यसप्रकारका धुमपान, मद्यपान तथा लागुपदार्थकाे सेवनबाट टाढा रहनुपर्दछ र अरुलाई पनि यससम्बन्धी अाफुले थाहा पाएकाे सुचना र जानकारी प्रदान गरी जिम्मेवार नागरिकको परिचय दिनुपर्छ ।

बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटोतीर लैजान शिक्षक, अभिभावक र साथीहरू ठुलाे भुमिका खेल्दछन भन्ने बिचार राख्नुभएको थियाे ।

कार्यक्रममा सिद्धार्थ मा.बि गोबरहियाका प्रिन्सिपल सुखाडी प्रसाद चाैधरी, गोबरहिया प्रहरी चौकी इन्चार्ज एल बि सेन्चुरी, एबिसी नेपालकाे फिल्ड सुपरभाइजर साइदा नेसा, सन्दिप बि.क ,आरिफ खां लगाएतकाे सहभागीता रहेको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित