प्रदेश २ वीरगंज सशस्त्र प्रहरी २ नम्बर प्रदेशका डिअाईजि गौतमले पर्सा जिल्लामा मात्र कडाई गरेपनि अन्य सात जिल्लामा खुलियाम तस्करी हुदा पनि चुप लागेर बसेका छन्। सशस्त्र प्रहरीलाई नेपाल सरकारले सिमानाकामा तस्करी रुकनको लागि परिचालन गरेपनि दुई नम्बर प्रदेशको सशस्त्र प्रहरी प्रमुख गौतमको अागमन भएपनि पहिला देखि हुँदै अाईरहेको सिमानाकाको तस्करी झन पहिला भन्दा ठुलो मात्रामा २ नम्बर प्रदेश भरि तस्करी भईरहेको स्रोतले जनाएकोछ । पर्साको तस्करिमा कडाई गरिएको नाटक गरेपनि दुई नम्वर प्रदेशको अन्य जिल्लामा खुलियाम तस्करि भईरहेको समाचार प्राप्त भएको छ। सशस्त्र प्रहरी बल प्रदेश नम्वर 2 का प्रमुख भई डिआईजी गौतम अाएको दिन देखि नै पर्सा जिल्लाको तस्करीमा कडाई गरेपनि प्रदेश २मा रहेको सप्तरी, महोतरी, सिरहा, जनकपुरको मटिहानी ,जहटी मटियानी ,सर्लाहीको मलंगवा,लालबन्दी , त्रिभुवननगर नाका ,रौतहटको गौर ,बंकुल ,बाराको मटिअार्वा , सिमरौनगढ, गोलागंज ,क्वोहिगोठ लगाएतको जिल्लाहरुबाट ब्यापक रुपमा तस्करी भईरहेको स्रोतले बताएको छ। सर्लाहीको सीमा नाका हुदै तस्करी कायमै रहेको एक घटनाले उजागर पारेको छ । सर्लाहीको त्रिभुवन नगर नाका हुदै तस्करीका मालसमान अवैध रुपले आयात निर्यात भइरहेपनि सीमामा खटिएका प्रहरीहरु मासिक नजराना बुझने बाहेक केही गर्न नसकेको हो । सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपाल, अवैध रुपले आयात निर्यात गर्ने मालसमान पक्राउ गरिन सक्ने प्रावधान रहेपनि आफ्नो पदको दुरुपयोग गर्दै सीमा नाकाबाट तस्करीको कार्य सुचारु गराएको बुझिन्छ । सर्लाहीको त्रिभुवन नगर, सखुवाहा, सुरक्षा बेस मलंगवा हुदै दिनहु करोडौको मालसमान अवैध रुपले आयात निर्यात हुने गरेको स्थानीयले बताएका छन । स्थानीयले जनाए अनुसार बोर्डर आउट त्रिभुवन नगर नाका हुदै लालबन्दीसम्म तस्करीको मालसमान पुग्ने गरेको बताए । सीमा नाका हुदै प्रति दिन १८ देखी २० वटा मोटरसाइकलमा कपडा, सुर्ती लगायतको तस्करीका मालसमानहरु लालबन्दीसम्म पुग्ने गरेको बताइन्छ । त्रिभुवन नगर नाका हुदै उमेश राउत भनिने तस्करले छोकडा र केराउको तस्करीमा तिब्रता दिएका छन भने मनिष चौधरी, इन्दल राय, प्रकाश यादव, राजेश कुश्वाहा, हुसेन मिया लगायतका तस्कर समुहले कपडा, सुर्ती र हार्डवेयरको तस्करी कार्यमा तिब्रता दिएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ । बोर्डर आउट पोष्ट त्रिभुवन नगरका सशस्त्र प्रहरी निरीक्षक संजित सिंहलाई मासिक लाखौ रुपैया नजराना बुझाए पश्चात तस्करीको लाइन सुचारु भएको उनले बताए । उनका अनुसार सशस्त्र प्रहरी बल २ नम्बर प्रमुख डिआईजी चन्द्र प्रकाश गौतम आउनसाथ कुनैपनि युनिटबाट घुमुवा परिचालन नगर्न निर्देशन दिएका थिए । तर अहिले उहाँको अागमन भएपनि सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गणबाट अहिलेपनि सशस्त्र प्रहरी सहायक हवलदार सुरेन्द्र महतो कोइरी र सशस्त्र प्रहरी सहायक हवलदार टंकनाथ अधिकारी सादा पोशाकमा घुमिरहेको बताए । १० नम्बर गणबाट खटिएको सशस्त्र प्रहरी सहायक हवलदारको कार्य आर्थिक कलेक्सन मात्रै रहेको सशस्त्र प्रहरी श्रोतले दावी गरे । त्यस्तै आज बिहान करिब ४ बजेको समयमा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले त्रिभुवन नगर नाका हुदै नेपाल भित्रिएको ४ वटा मोटरसाइकलमा कपडा बरामद गरेको छ । त्रिभुवन नगर नाका हुदै भित्रिएको बिशेष सुराकीको आधारमा प्रदेश प्रहरीले नियन्त्रणमा लिन सफल भएको बताइन्छ । तस्करीका मालसमानको साथै कुख्यात तस्कर राजेश कुश्वाहालाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ ।सर्लाहीको नाका हुदै भइरहेको तस्करीको बिषयमा यस घटनाले उजागर समेत पारिसकेको छ। यो घटनाले प्रमाणित हुन्छकि दुई नम्बर प्रदेश भरि सशस्त्र प्रहरीको सहयोगले तस्करी भईरहेको छ। प्रदेश नम्वर दुईका सशस्त्रका डिआईजी गौतमको आशिर्वाद मा तस्करी को लाईन ठुलो मात्रामा संचालन भैईरहेको एक तस्कर स्वयम नाम नराख्ने सर्तमा बताएको छ। डिआईजी गौतमको टोलीले प्रदेश दुईको ठाऊठाऊ इन्सपेकटरहरुलाई घुमुवा परिचालन गरी तस्करी को लाईन संचालन गर्न छुट दिएका छन् । तस्करीको लाईन संचालन गरनको लागि सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ का डिअाईजी गौतमले घुमुवा इन्सपेकटरहरु को साठगाठ गरि तस्करीको लाईन दुईनम्वर प्रदेश भरि सुचारु गरेपनि दुई नम्बर प्रदेशका डिअाईजि सिंहले धमाधम पक्राउ गरि भन्सारमा बुझाउने गरेका छन्। डिअाईजी चन्द्र गौतमले सशस्त्र प्रहरी बलको निर्देशन विपरीत खुल्म खुल्ला रुपले तस्करी सुचारु गराएपनि यस्ता अधिकारी माथि सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले कार्यावाहि नगर्नु शंकाको बिषय बनेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।