नन्दु यादव मंसिर/ ३० नवलपरासी लामाे समय देखि उखुकाे भुक्तानी नपाएकाे किसान भुक्तानी का लागि काठमाडौं केन्द्रीत अान्दाेलन गर्न किसानहरुकाे टाेली काठमाडौं पुगेकाे छ ।उखु किसान सघर्ष समिति सर्लाही काे राजधानी अान्दाेलन प्रतिपुर्ण ऐक्यबद्धता जनाउदै उखुकाे उत्पादक कृषक समिति नवलपरासी काे अगुवाइ मा नवलपरासी र कपिलवस्तु का सयाै किसानहरुकाे टाेलि काठमाडौं पुगेकाेे उखु उत्पादक कृषक समिति नवलपरासी का अध्यक्ष उमेशचन्द्र यादव ले जानकारी दिनु भयाे ।बिगत ३बर्ष देखि बक्याैता रहेकाे उखुकाे सम्पुर्ण भुक्तानी अबिलम्ब हुनुपर्ने ,यश क्रसिङ सिजन ०७७/७८काे उखुकाे मुल्य उत्पादन लागतकाे अाधारमा रु ६१७ प्रति क्वीन्टल कायम हुनुपर्ने र भेली उद्योग हरुमा किसानले बिक्री गरेकाे उखुकाे समेत अनुदान रकम नेपाल सरकारले दिनुपर्ने लगायतकाे माग राख्दै किसानहरुकाे टाेली काठमाडौं पुगेकाे हाे ।किसानहरूको माग पूरा नभएसम्म अान्दाेलन जारि राख्ने उखु उत्पादक कृषक समिति नवलपरासी काे अध्यक्ष यादव लेे बताउनु भयाे ।सरकारलेे किसानकाे समस्या समाधान गर्न नसकेकाे टाेलीका नेता एवम नवलपरासी पुर्व सासद देवकरण कलवार सन्तु ले अाराेप लगाउनु भयाे ।अब हामि काठमाडौं अाईसकेका छाै अान्दाेलनकाे अाधिबेहरी सृजना गरि मिलमालिक र सरकारलाई घुडा टेकाउने समेत जिकिर गर्नु भयाे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।