मंसिर ३०,अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले आफ्नै पालिकाको उत्कृष्ट (लोगो) बनाउने गुल्मी जिल्लाको रेसुङगा नगरपालिका निबासी आईटिए डिजाईनर ईश्वर बिकलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । उक्त मालारानी गाउँपालीकाले उत्कृष्ट प्रतिक चिन्ह (लाेगाे) बनाउने गुल्मी निबासी ईश्वर बिकलाई नगद र प्रमाणपत्रले सम्मान गरेको हो । गाउँपालीकाका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री र प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले एक समारोहबीच बिकलाई सम्मान गर्दै,थप सफलताको शुभकामना समेत दिनु भएको थियोे । गत कार्त्तिक २ गते आईतवार मालारानी गाउँपालिकाले थुप्रैकाे लाेगाेमा छिमेकी जिल्ला रेसुङगा नगरपालिका निबासी आईटिए डिजाईनर ईश्वर बिकले बनाएको लोगो छनोट गरि गाउँपालिकाले सार्बजनिक गरिएको थियो ,उनी यश भन्दा अगाडि पनि अाफ्नै जिल्लाकाे एक स्थानीय तह बाट समेत समानित भएका थिए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।