१८ जनाको ज्यान लिइसकेको रैथाने हात्ती ‘मकुना’लाई मार्ने तयारी

इनरुवा, ३०  मंसिर । जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका सुनसरीको कोशी गाउँपालिकाका २८ वर्षिय पुरुषको पोष्टमाटम हुन सकेको छैन् । पीडित पक्षले दीर्घकालीन समाधानको वातावरण तय नभएसम्म अन्तिम संस्कार लगायतका प्रकृयामा नजाने अडान लिएका छन् ।

हिजो बिहान हरिपुरमा हात्तीको आक्रमणमा परी श्रीपुरका २८ वर्षिय प्रमोद यादवले ज्यान गुमाएका थिए । उनी बिहानीपख खेतमा पानी लगाउने क्रममा हात्तीको आक्रमणमा परेका थिए । यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक यादवको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ । पीडित पक्षका अनुसार प्रशासनसँग आज हुने भनिएको निर्णायक वार्तामा सहमति जेटे मात्र पोष्टमाटम लगायतका अन्य प्रकृया अघि बढ्ने छन् । यन्यथा भए सडक आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।

सोही विषयलाई लिएर आजलाई गाउँपालिकामा सर्वपक्षीय भेला डाकिएको छ । अध्यक्ष ऐयुब अन्सारीले हात्ती आक्रमणको श्रृङखला नरोकिएको र मानवीय क्षति हुने क्रम जारी रहेकाले ठोस रणनीति तय गर्ने उद्देश्यले गाउँपालिकामा भेला डाकिएको बताए ।

उक्त भेलाको निर्णय बमोजिमका बुँदा समेटेर स्थानीय प्रशासनसँगको वार्तामा आवाज उठाइने अन्सारीले बताए । अध्यक्ष अन्सारीले भने, “शवको पोष्टमाटम गरिएको छैन् । जंगली जनावरको आक्रमणबाट आजित बनेका जनता जोगाउन ठोस रणनीति साथ अघि बढ्नु बाहेकको विकल्प छैन् । त्यसैले आरक्षको कार्यालय र प्रमुख जिल्ला अधिकारी सम्मिलित दिउँसो बस्ने बैठकमा बिस्तृत छलफल हुनेछ ।”

यसैबिच सुनसरी प्रशासनले हात्ती मार्ने विषयमा छलफल थालेको छ । पछिल्लो एक डेढ वर्षको अवधिमा मकुना मात्रैले ९ जनाको ज्यान लिएको बताउने सुनसरी प्रशासनले जनताको जिउधनको सुरक्षाको लागि हात्ती मार्न सकिने सम्मको विषयमा छलफल थालिएको बताएको छ ।

प्रजिअ फणिन्द्रमणि पोखरेलका अनुसार स्थानीयले लामो समयदेखि मकुना हात्तीको आतंक सहदै आएका छन् । जनधनको क्षति समेत बढ्दै गएको छ । हात्तीलाई लठ्याएर
नियन्त्रणमा लिनेदेखि अन्य सबै प्रकृया अपनाइएको छ ।

यद्यपि मकुनाको आक्रमण रोकिएको छैन् । त्यसैले कानुनन रुपमा जटिल समस्याका रुपमा देखिएको हात्तीको आक्रमण रोक्न उसलाई मार्ने बारेमा छलफल अघि बढाइएको छ । कोशी टप्पु बन्यजन्तु आरक्षको कार्यालयसँग समेत समन्वय भएको बताउने प्रजिअ पोखरेलले आरक्षबाट समेत सकारात्मक प्रतिकृया प्राप्त भएको बताए ।

पटक पटक जंगली जनावरको आतंक सहदै आएका कोशी गाउँपालिका क्षेत्रका बासिन्दाले मकुना हात्ती बौलाएको भन्दै गोली हान्नु पर्ने माग पूनः उठाएका छन् । पछिल्लो
पटक हिजो बिहान समेत मकुनाको आक्रमणमा परी स्थानीयले ज्यान गुमाएपछि उनीहरुले उक्त हात्तीलाई गोली हान्नु पर्ने आवाज उठाएका हुन् ।

मकुनाले १८ जना मारिसक्यो

कोशी टप्पु बन्यजन्तु आरक्षमा रैथानैका रुपमा बस्दै आएको जंगली हात्ती मकुनाले अहिले सम्म १८ जनाको ज्यान लिइसकेको छ । स्थानीय जानकारहरुका अनुसार मकुनाले अन्य धेरैलाई घाइते समेत बनाएको छ । अध्यक्ष अन्सारीले दिएको जानकारी अनुसार मकुना मात्रले १८ जनाको ज्यान लिएको विवरण गाउँपालिका सँग छ ।

पछिल्लो चार वर्षको अवधिमा हात्तीको आक्रमण बाट कोशी टप्पु आसपासको क्षेत्रमा २३ जनाले ज्यान गुमाएका छन् । आरक्षको कार्यालयले जनाए अनुसार आर्थिक वर्ष २०७५।०७६ यता जंगली हात्तीको आक्रमणबाट सुनसरी र सप्तरीमा ८ जनाको मृत्यु भैसकेको छ ।

घाइतेको संख्या समेत दर्जन बढी छ । कोशी क्षेत्रका स्थानीय जानकारहरुका अनुसार मकुनाले सबैभन्दा बढी मान्छे मार्ने गरेको छ ।

बाली र ज्यान जोगाउन संघर्षरत छन् स्थानीय

कोशी टप्पु बन्यजन्तु आरक्षबाट निस्कने जंगली जनावरको आक्रमणबाट सबै भन्दा बढी प्रताडित क्षेत्र हो कोशी गाउँपालिका । सो भेगका बासिन्दाको लागि राती जाग्राम बस्नु सामान्य भैसकेको छ । बिगत लामो समय देखि आरक्षबाट गाउवस्तीमा प्रवेश गर्ने हात्ती र अर्ना जस्ता जनावरबाट बाली र जिउज्यान जोगाउन सो भेगका वासिन्दा संघर्षरत छन् । तीन दर्जन बढीले ज्यान गुमाई सकेका छन् भने निकै संख्यामा घाइते समेत छन् ।

आरक्षका कर्मचारी भन्छन- मकुना मार्नुको साटो चेन लगाऔं

मकुना मार्ने विषयलाई आरक्षका कर्मचारीहरुले भने ठिक मानेका छैनन् । उनीहरुले मकुना आरक्षको सान भएकाले मार्नुको साटो नियन्त्रणको प्रभावकारी उपाय अवलम्बन गरिनु पर्ने बताएका छन् । जसकालागि उनिहरुले प्राविधिक झिकाएर हात्तीको खुट्टामा चेन लगाउन उपयुक्त हुने बताए । चेन लगाएको हात्ती दिनमा एक किलोमिटर भन्दा बढी हिंड्न नसक्ने उनीहरु बताउँछन् ।

ऐनले भन्छ- बौलायो भने मार्न सकिन्छ

स्थानीय प्रशासन ऐन मात्र नभई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० को उपदभा (क)मा बौलाएको जंगली जनावर तोकिएको अधिकारीको आदेशमा मार्न, वा पक्रन सकिने उल्लेख छ । तर कोशी टप्पुको मकुना बौलाएको पुष्टि गर्ने आधिकारिक आधार भने छैन् ।

स्थानीय प्रशासन ऐनमा भने स्थानीय गाउँपालिका, नगरपालिकाले प्रतिवेदन गरेका सिडियोले जटिलता बुझी महसुस भए कानुनी आधारमा रहेर हिंस्रक जनावरलाई गोली ठोक्न सक्ने अधिकार प्रत्यायोजन गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot