Rashtriya Dainik

लहानमा भब्य मनायो ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

महेश सिंह/ सिरहा लहान २६ मंसिर -सिरहाको लहानमा भब्य रूपमा ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएका छन।जिल्ला अध्यक्ष बिमल ठाकुरको नेतृत्वमा पशुपति आदर्श उच्च माध्यमिक बिधालयको प्राङ्गणबाट सुरु गरिएको रयाली लहान बजार प्रभात फेरि स्कुलको परिसमा आएर कोणसभामा परिणत गरेका थिए।

प्रत्येक बर्ष डिसेम्बर १० तारीखका दिन नेपाल लगायत अन्य देशहरूमा दिवस मनाउने गरिएका छन्।मानव अधिकार संगठनका केन्द्रिय सदस्य राज कुमार राउत जिल्ला अध्यक्ष बिमल ठाकुर,जिल्लाका पदाअधिकारीहरु सुरेन्द्र कुमार महतो,बिजय महतो,लगायतका दर्जनौं पदाअधिकारीहरुको उपस्थिति रहेको थियोे।

मानव अधिकारको हनन नहोस्,मानव अधिकारलाई संरक्षण गरौं,हरेक मानवको अधिकारबाट बन्चित नगरौं।स्वतन्त्रता र समानताको प्रत्याभूति गराउ भने मुल नाराको साथ कार्यक्रम गरेको आयोजक कमिटीले जानकारी दिनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित