३० मंसिर, कतार । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका एक नेपालीको कोक भनेर झार मार्ने औषधि खादा ज्यान गएको छ । मृतक नेपालीको मलेसियामै अन्त्येष्टि गरिएको छ । गत ३० नोभेम्बरमा गल्तीले कोक भनी झार मार्ने औषधि (बीष) सेवन गरेका सिराहा कर्जन्हा ४ का मदन पाख्रिनको उपचारका क्रममा मृत्यु भएको थियो । विष सेवनपछि आफुलाई एकदम असहज महसुस भएको र अस्पताल जाने बाताबरण मिलाइदिनु भनी उनी जनउद्धार केन्द्रको सम्पर्कमा गएका थिए । लगत्तै केन्द्रका अध्यक्ष केशु थापा र उपाध्यक्ष कमल खड्काले पेनाङ्ग जनरल हस्पिटल भर्ना गराएका थिए । अबैध रूपमा बसिरहेका पाख्रिनलाई अस्पतालमा भर्ना गर्नकै लागिपनि निकै गाह्रो भएको र जसोतसो प्रक्रिया पुर्याएर भर्ना गरिएको थियो । चिन्ताजनक अवस्थामा अस्पताल पुर्याएका पाख्रिनको उपचारका क्रममा मृत्यु भएको थियो । यता मृतकको परिवारमा खबर गराए पश्चात् उनको परिवारले मलेसियामा नै अन्तिम संस्कार गर्ने बाताबरण मिलाइदिन आग्रह गरेको र नेपालबाट आबस्यक कागजात समेत पठाएकाले मलेसियामा नै जनउद्धार केन्द्र मलेसियाका प्रतिनिधिको उपस्थितिमा पाख्रिनको अन्तिम दाहसंस्कार गरिएको थापाले बताए । अस्पतालमा हुदा उनको उपचारको लागि परिवारले नेपाल देखि केही रकम पठाएको थियो । सो रकम भने जस्ताको तस्तै उनकी श्रीमती लक्ष्मी लामाको नाममा पुन नेपाल पठाइदिएको र मृतकको साथमा रहेको ४४० रिंगेट पनि उनको आमा हिरामाया पाख्रिनको नाममा पठाइएको केन्द्रले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।