Rashtriya Dainik

जिल्ला प्रशासन कार्यालय पुगेर सेवाग्राहीहरुको समस्याको बारेमा निमित्त कार्यालय प्रमुख महेश राज तिमिल्सिनासंग ध्यानाकर्षण

बिरगंज, २५ मंसिर : परिवर्तनको लागि राजनीतिक समूहले आज पर्सा जिल्लाको जिल्ला प्रशासन कार्यालय पुगेर सेवाग्राहीहरुको समस्याको बारेमा निमित्त कार्यालय प्रमुख महेश राज तिमिल्सिना सङ्ग ध्यानाकर्षण गराइयो । जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने सेवा जस्तै नागरिकता , नागरिकता प्रतिलिपी , राष्ट्रिय परिचयपत्र तथा राहदानी को लागि आउने सेवाग्राहीहरु लाई त्यस कार्यालयका कर्मचारीहरुले अनावश्यक समस्या उत्पन्न गराइ दुख दिई रहेको सेवाग्राहीहरुको आरोप छ । त्यसता समस्याहरुलाई समाधान गरि सेवाग्राहीको सेवालाई सरल र सुविधा सम्पन्न तरिकाले उपलब्ध गराउन माग गरेकोछ । परिवर्तनको लागि राजनीति समुहका सलाउदिन अहमद , मुकेश द्विबेदी , सुजित गिरि , श्याम गुप्ता , सन्दीप साह, उमाशन्कर गुप्ता ,नन्दलाल रौनियार लगायत को उपस्थिति रहयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित