३० मंसिर, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट विभिन्न प्रकारका चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज–६ स्थित सुनिता कुमारी सर्राफको घरबाट ६५ किलो चाँदीका गरगहना बरामद गरेको हो । सर्राफकै नाममा उक्त घरमा में जय नरसिंह ज्वेलर्स सञ्चालनमा छ । अवैध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले सुनिताको श्रीमान दिपक सर्राफलाई पक्राउ गरेको छ । उनी भारतीय नागरिक हुन् । ज्वेलर्सको पछाडिको कोठामा भण्डारण गरी राखिएको अवस्थामा चाँदी फेला परेको थियो । चाँदीको अवैध कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले मंगलबार छापामारी गरेको थियो । भारतबाट राजश्व छलेर ल्याइएका चाँदीका विभिन्न प्रकारका गाहनाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कोठाको फल्स वालभित्र लुकाएर राखेको अवस्थामा चाँदी जस्तो देखिने सेतो धातुबाट बनेको गरगहना फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । ‘गरगहनाको बनोट हेर्दा भारतबाटै ल्याएको जस्तो देखिन्छ,’ उनले भनिन्, ‘ तर उनीहरुले आवश्यक कागजातहरु देखाउन सकेनन् । त्यसैले बरामद गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाएका छौं ।’ चाँदीको गरगहनाको बजार मूल्य ६५ लाख अनुमान गरिएको छ । चाँदी नेपालबाट भारततर्फ तस्कारी हुने गरेको भएपनि तयारी गरगहना भारतबाट नेपाल भित्रिने गरेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।