रंजीत शर्मा/ नवलपरासी, २० मंसीर ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०३ कुश्मामा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ नारा सहित सञ्चालित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत यो कार्यक्रम गरिएको हो । लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान सञ्चालन भएको छ।

अन्तरक्रिया कार्यक्रम वार्ड नं ०३ का वार्ड अध्यक्ष गोधन् हरिजनको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका का उपा-अध्यक्ष फातिमा खातुन अन्सारी (सकिना) प्रमूख अतिथिकता मा सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अन्सारीले हिंसाका घटनालाई न्यूनीकरण गर्न गाउँपालिका तयार रहेको बताउँदै त्यस्ता घटना हुँदा गाउँपालिकामा खबर गर्न आग्रह गरेकी छिन्।
त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि निवर्तमान गाउँपालिका उपाध्यक्ष पाबित्रि कोहारले आफ्नो ५ वर्षको कार्यकालमा हिंसाको घटना न्यूनीकरण गर्न आफू आफ्नो तर्फबाट योगदान गरेको बताएकी छिन्। सेतो रिबनमा उल्टो ‘ख’ को अर्थ हिंसा नसहने,नगर्ने र विरुद्ध खुलेर बहिष्कार गर्नु हो भन्दै आफू सधैं साथ रहेको बताएकी छिन्।

कार्यक्रममा वार्ड अध्यक्ष गोधन हरिजन,वार्ड सचिव पुनम यादव, प्रशिक्षकको भूमिकामा मञ्जु चौधरी,लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष शुशिला गुप्ता,पत्रकार रंजीत शर्मा लगाएत ४० जनाको सहभगिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

