सरावलका किसानले पाए ५० प्रतिशत अनुदानमा स्प्रेयर मेसिन

उमेश बि.क / नवलपरासी ,२९ मंसिर

कृषि क्षेत्रलाई आधुनिकिकरण र ब्यबसायिक रुपमा सञ्चालन गर्न नवलपरासीको सरावल गाउपालिकाले किसानहरुलाई कृषि सामग्री उपलब्ध गराएको छ ।

पछिल्लो समयमा कृषि पेशा छाडेर अन्य पेशा अंगाल्नेहरुको संख्या बढ्दै गएको समयमा सरावल गाउपालिकाले गाउँपालिका भित्रका किसानहरुलाई ब्यबसायकि कृषि पेशामा प्राेत्साहन गर्न ५० प्रतिशत अनुदानमा कृषि सामाग्री उपलब्ध गराएको छ ।

कृषि सामग्री अन्तर्गत ५० देखि ७५ प्रतिशत अनुदानमा गहुँको बीउ ,च्याउकाे बीउ तथा विभिन्न तरकारीकाे विउविजन लगाएत थुप्रै सामग्री गाउँपालिकाले वितरण गर्दै अाइरहेकाे छ।

गाउँपालिका अन्तर्गत कृषि सहकारी, व्यावसायिक र व्यक्तिगत फर्ममा आबद्ध कृषकहरूलाई ५० प्रतिशत अनुदानमा स्प्रेयर मेसिन साेमबार २५ जनालाई उपलब्ध गराईएको हो ।

स्प्रेयर मेसिन किसानहरुलाई हस्तान्त्ररण गर्दै गाउपालिका अध्यक्ष राधेश्याम चाैधरीले अहिलेको युगमा कृषिलाई यान्त्रिकरण गर्दै लैजानुपर्नेमा जोड दिनुभयाे । उहाँले भन्नुभयाे गाउपालिकाले आगामी दिनहरुमा पनि किसानहरुलाई प्रत्यक्ष रुपमा फाईदा पुग्ने खालका कार्यक्रम गाउपालिकाले सञ्चालन गर्नेछ। साथै निर्बाहमुखी कृषि पेशा छोडेर ब्यबसायिक रुपमा नै कृषिपेशालाई अंगाल्न आग्रह गर्नुभयाे ।

स्प्रेयर मेसिन वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल ,कृषि शाखा प्रमुख कुल्दिप मिश्रले सरावल गाउपालिकाद्वारा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई ५० वटा स्प्रेयर मेसिन बितरण गरिने जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot