कपिलवस्तु : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस कपिलवस्तुले सरकारको जनविरोधी कामको विरोध गर्दै सोमबार तौलिहवामा वृहत विरोध प्रदर्शन गरेको छ । वर्तमान सरकारलाई भ्रष्टचार कुशासन र अधिनाकवादीशैलीको आरोप लगाउदै कांग्रेसले तौलिहवामा विरोध प्रदर्शन गरेको हो । १० ओटा स्थानीय तह रहेको कपिलवस्तुमा आएका कांग्रेसका नेता कार्यकर्ताहरुले सर्वसत्तावाद ओली सरकार मुर्दावाद, भ्रष्टचारी सरकार मुर्दावाद भन्ने नारा लगाउँदै प्रशासन चोक अघि कोण सभाको आयोजना गरेका थिए । सांसद तथा नोपली कांग्रैसका केन्द्रिय सदस्य तथा सांसद नेपाली जनताको अथकआन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक साशन व्यवस्थालाई संस्थगत गर्नुको सट्टा भ्रष्टचार कुशासन अधिनायकवादी शैली अपनाउदै दमनकारी नीति अख्तियार गर्दै अगाडि बढिरहेको बताए । अधिनायकवादी तरिकाले ओली सरकार अगाडि बढ्दा देशमा दिनप्रतिदिन महिला हिंसा बलात्कार भ्रष्टचारका घटना बढ्दै जानुका साथै ओलीको केन्द्रिय सर्वसत्तावाद अधिनायकवादी शैलीको सिको गरेर स्थानीय तहमा रहेका नेकपाका छोटे भ्रष्टचारी राजाहरुले पनि नियम कानूनलाईसमेत मिचेर भ्रष्टचार गरिरहेको उनले बताए । सो अवसरमा सांसद तथा कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य अभिषेक प्रताप शाहले विश्व महामारीको रुपमा सृजित कोरोनाको नाममा ओली सरकार र उनका छोटे राजाहरुको देश लेट्ने भरिलो माध्यम बनेको बताए। आफु विगत देखि जिल्लामा भइरहेको भ्रष्टचार विसंगती र कुशासनको विरुद्ध लड्दै आइरहेको र जनताको हित विपरित हुने कुनैपनि किसमिको सम्झौतामा आफूले आफ्नो स्वाभिमानी नविग्ने बताए। आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंहले दुई तिहाईका सरकार भ्रष्ट्राचारमा चुलुम्म डुबेको र जनताहरु आजित भईसकेकको बताए । लुम्बिनी प्रदेश सदस्य बिरेन्द्र कुमार कनौडियाले सरकार जनताको समस्या समाधान भन्दा आर्फै अल्झिएको बताए । कार्यक्रममा पार्टी सभापति सुरेन्द्र आचार्य, तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी, राजेश आचार्य लगायतले मन्तब्य दिएका थिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।