नवलपरासी , १६ मंसिर
हृदेयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले प्रतिनिधिसभामा समानुपातिकतर्फ १८ हजार ४८ मत पाएको छ। मधेश केन्द्रीत राजनीतिमा सक्रिय त्रिपाठी यस पटकको निर्वाचनमा पराजित भएका छन् ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम–१ बाट उम्मेदवार रहेका उनी कांग्रेसका विनोद चौधरीसँग पराजित भएका हुन् । चौधरीले २९ हजार ४९५ मत ल्याउँदा त्रिपाठीले २२ हजार ३०८ मत पाएका थिए ।
यसपटटको त्रिपाठी सात हजार १८७ मतान्तरले पराजित भएका त्रिपाठी गत निर्वाचनमा भने विजयी भएका थिए । २०७४ को निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका त्रिपाठी जितपछि मन्त्रीसमेत भएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

