Rashtriya Dainik

सीमा नाकामा निगरानी बढाउदै सशस्त्र प्रहरी द्वारा चिनि बरामद

ज्ञानेश्वर सहानी / नवलपरासी १६ मंसिर

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा न. १७ पट्खौली स्थितबाट १६ लाख ९४ मुल्य बराबरको अवैध चिनी प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल बोओपी हरपुरबाट खटिएको संयुक्त टोलीले राति रामग्राम नगरपालिका वडा नं. १७ पट्खौली स्थितमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको लु १ ज ४००४ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा उक्त गाडीमा ६० बोरामा ३० क्विन्टल अवैध चिनी फेला पारी चिनी सहित गाडीलाई नियन्त्रणमा लिईएको हो । उक्त बरामद चिनीको अन्दाजी मुल्य १ लाख ९५ हजार बराबर र गाडीको अन्दाजी मुल्य १५ लाख बराबर रहेको छ ।

नियन्त्रणमा लिईएको पिकअप गाडी र चिनी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित