Rashtriya Dainik

नवलपुरको हुप्सेकोटमा जिप खस्दा १० घाइते, चारकाे अवस्था गम्भीर

नवलपुर, मङ्सिर १५
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ५ धौबादीको कान्छीपानीमा बिहीबार साँझ जिप दुर्घटना भएकाे छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार दुर्घटनामा घाइते भएका १० मध्ये चारकाे अवस्था गम्भीर छ। कावासोतीबाट पहाड उक्लिँदै गरेको गण्डकी प्रदेश ०४–००१ च ०००६ नम्बरको जिप धौबादीको कान्छीपानीनजिकै दुर्घटनामा परेको हो।

जिप सडकबाट एक सय मिटर जति तल खसेको तिवारीले बताए। गम्भीर घाइते भएका चारमध्ये दुईजना अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ। उनीहरूको थप उपचारका लागि अस्पताल ल्याइँदै छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित