Rashtriya Dainik

धनगढीमा २४ घण्टे निषेधाज्ञा जारी

धनगढी ,१५ मंसिर

ग्रेडरले च्यापेर विद्यार्थीको मृत्यु भएको विषयमा विवाद बढेपछि धनगढीमा निशेधाज्ञा जारी गरिएको छ । हसनपुुरस्थित पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत बैतडी डिलासैनी गाउँपालिका ६ का गणेश साउदकी १५ वर्षीया छोरी चेतनाको ग्रेडरले च्यापेर आज विहान मृत्यु भएको थियो ।

घटनापछि धनगढीका विभिन्न ठाउँमा विद्यार्थीहरु आन्दोलित बनेका छन् । उनीहरुले सडकमा टायर बालेर जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शन बढ्न थालेपछि शान्ति सुरक्षाको अवस्था थप बिग्रन नदिन आज साँझ ७ देखि भोलि साँझ ७ बजेसम्म निशेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

निशेधाज्ञाको अवधिमा ५ जनाभन्दा बढी व्यक्तिहरु आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन रोक लागाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताउनुभयो । हसनपुर पिपलचौतारा नजिक पिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउने क्रममा च्यापिएर बालिकाको मृत्यु भएको थियो । चालक प्रहरीले नियन्त्रणमा छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित