Rashtriya Dainik

प्रधानमन्त्री देउवासँग सीके राउतले गरे भेटवार्ता , सरकारमा सामेल हुने

काठमाडौं ,१५ मंसिर
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष सीके राउतले भेटवार्ता गरेका छन् । बिहीबार दिउँसो बालुवाटारमा पुगेर उनले प्रधानमन्त्री देउवालाई भेटेका हुन् । भेटमा कांग्रेस नेता विमलेन्द्र निधि पनि सहभागी थिए ।

सो क्रममा प्रधानमन्त्री देउवा र अध्यक्ष राउतबीच सकारात्मक र परिणाम मुलक वार्ता भएको बताइएको छ । ‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा. सि के राउतलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवा संग बालुवाटारमा भेंट गराएर फर्कदै छु। दुबै जनामा सकरात्मक र परिणाम मुलक वार्ता भएको छ। गठबन्धन र काँग्रेससंग संघिय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा शामेल हुने सहमति भएको छ।’ निधिले सामाजिक सञ्जालमा लेखेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित