काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९६ स्थानीय तहले निर्माण गर्ने ५ देखि १५ शय्यासम्मको आधारभूत अस्पतालको भवन निर्माणका लागि आगामी पुस मसान्तभित्र टेन्डर आह्वान गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै केही स्थानीय तहरुबाट छनौट भएका वडाको स्वास्थ्य संस्था भन्दा पृथक वडाको स्वास्थ्य संस्थामा आधारभूत अस्पताल निर्माण गर्ने गरी सोही अनुरुप कार्य प्रक्रिया अगाडि बढाइएको गुनासो प्राप्त भएको भन्दै त्यसो नगर्न आग्रह गरेको छ । मन्त्रालयको उल्लेखित गुनासोका सम्बन्धमा स्वास्थ्य भवन पूर्वाधारको डिजाइन र निर्माण सम्बन्धी निर्देशिका पूर्ण पालन गर्न समेत आग्रह गरिएको हो । मन्त्रालयको परिपत्र पालन नगरेमा ससर्त अनुदान उपलब्ध गराउन वाध्य नहुने समेत परिपत्रमा उल्लेख गरिएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।