Rashtriya Dainik

प्रतापपुरमा च्याऊ खेती तालिम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , १४ मंसिर

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ४ बर्दघाटेमा च्याउ खेती तालिम बुधबार सम्पन्न भएको छ।

प्रतापपुर गाउँपालिका कृषि बिकास शाखाको अायाेजनामा निम्न आय भएका किसानहरुलाई व्यावसायिक च्याउ खेती गरेर आत्मनिर्भर बनाउन आर्थिक स्तरमा पनि सुधार ल्याउन सकिने र आत्मनिर्भर बनाउने उद्देश्यले १ दिने तालिम आयाेजना गरिएकाे पालिका उपाध्यक्ष मान कुमारी चाैधरीले बताउनु भएको हाे।

तालिमका सहभागीहरुलाई व्यवहारमा ल्याई जिविको पार्जनको रुपमा यस शिपलाई अगाडी बढाउन उपाध्यक्ष चाैधरीले अाग्रह गर्नुभएको हाे ।

तालिममा सहभागिहरुलाई आवशयक च्याउ खेती गर्न बिऊ पालिकाबाट कृषि समूह र कृषि फमलाई निशुल्क रुपमा बाडिएको थियो।

३५ जना सहभागी भएको तालिमको सहजिकरण कृषि अधिकृत विवेक ठाकुरले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित