Rashtriya Dainik

नगर प्रमुख शाहले गरे विद्यालयको छड्के अनुगमन

कपिलवस्तु, मंसिर १४

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आज कृष्णनगर नगरपालिका वडा नं १ मा अवस्थित श्री देवी विद्यापीठ माध्यमिक विद्यालयको अनुगमन गरेका छन् l

नगर प्रमुख शाहले छड्के अनुगमनमा आज सो विद्यालय मा पुगि त्याहांको भौतिक, शैक्षिक लगायत अवस्थाको अनुगमन गरि विद्यार्थी संग समेत के कस्ता कमि कमजोरी विद्यालयमा रहेको अवस्थाको जानकारी लिनुभयो l

कृष्णनगर नगरपालिका भित्र रहेका विद्यालयको शैक्षिक गुणस्तरमा आपेक्षित सुधार ल्याउन विद्यालयको भौतिक संरचना शिक्षक व्यवस्थापन लगायत शिक्षा संग सम्बंधित हरेक यथा सम्भव प्रयास गर्दै आएको तथा शिक्षाक्षेत्र संग सम्बंधित व्यक्ति तथा संस्था बाट आवश्यकतानुसार सहकार्य गरि शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउने नगर प्रमुख शाहले बताउनुभयो l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित