पर्सा १३ मंसिर
नेपाल विद्यार्थी संघ पर्साका पुर्व अध्यक्ष विकास तिवारीको नेतृत्वमा गएको टोलीले निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश रिजाललाइ स्वागतको गरेका छन्।
नेपाली कांग्रेसका मधेस प्रदेश सभाति रमेश रिजाल पर्सा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खुसीयालीमा नेपाल विधार्थी संघका पुर्व अध्यक्ष विकास तिवारीको नेतृत्वमा गएको टोलीले रिजाल कै निवासमा पुगी एक कार्यक्रमका बिच खाँदा ओढाइ तथा फुलमाला टिका लगाई स्वागत गरेका छन्।
निर्वाचित प्रतिनिधि सभा सदस्यलाइ स्वागत गर्दै पुर्व अध्यक्ष तिवारीले जितको हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।भने प्रतिनिधि सभा सदस्य रिजालले धन्यवाद ज्ञापन गरेका थिए।
स्वागत तथा सम्मान कार्यक्रममा युथ काग्रेस नेपालका मधेस प्रदेश सदस्य राहुल कुमार गुप्ताले निर्वाचित प्रतिनिधि सभा सदस्य रिजाललाइ जितको बधाई दिदै ५ वर्षे सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। त्यसतै नेविसंघका केशव,अभय कर्ण,धर्मराज यादव,अमन पटेल,सागर लामा,शेष हजरा,जे.पि.ठाकुर लगायतका व्यक्तिहरुले दोसाला ओढाइ तथा फुलमाला टिका लगाइ स्वागत गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

