काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न मेयर शाह सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
बागमती नदी किनारका बस्ती हटाउनेबारे छलफल गर्न मेयर शाहले प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन्। मेयर बालेन्द्रका स्वकिय सचिव भूपदेव शाहका अनुसार अनाधिकृत रुपमा बसोबास गरिरहेकाको व्यवस्थापनको तयारी महानगरपालिकाले गरिरहेको छ।
‘सरकारले महानगरलाइ अहिले सम्म अनाधिकृत रुपमा बसोबास गरिरहेका बस्ती किन महानगरले खाली नगरेको भन्नू पर्ने हो । तर महानगरले आफै अग्रसरता देखाउदा सरोकारवाला मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी बलहरु र सम्बद्ध निकाय किन मौन? सो को जानकारी लिन मेयर ज्यु प्रधानमन्त्री लाई भेट्न प्रम निवास बालुवटारमा निकै समय वेट गरेर भेट्नको लागि प्रतीक्षा गर्दै,’ प्रधानमन्त्री निवास बालुवाटारमा मेयर बालेन्द्र प्रतिक्षा गरिरहेको तस्बिर सार्वजनिक गर्दै शाहले भनेका छन्।
बस्ती हटाउनेबारे छलफल गरेर निर्णय लिइने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
सोमबार अवैध संरचना हटाउन महानगरको टोली जाँदा घरेलु हतियार बोकेर बस्तीका बासिन्दाले प्रतिकार गरेका थिए ।
स्थिति असामान्य बनेपछि यसको सहज निकासका लागि सहयोगको अग्रहसहित मेयर शाहले प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन् । हिजो थापाथली बस्तीमा महानगर तथा अधिकारसम्पन्न बामगती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि स्थिति तनावग्रस्त भएको थियो ।
बस्ती हटाउन खोजेपछि सुकुम्बासीले घरेलु हतियारसहित ढुङ्गामुढा गरेका थिए । आफूहरूको उचित व्यवस्थापन गरेर मात्रै बस्ती हटाइनुपर्ने माग सुकुम्बासीहरूको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

