संजय कुशवाहा / नवलपरासी १२ मंसिर
सौजन्य साना किसान कृषि सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
पश्चिम नवलपरासीको प्रतापुर गाऊँपालिका वडा नं.८ पिपरपातिमा सौजन्य साना किसान कृषि सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
सहकारीको अध्यक्ष राजेश सिंहको अध्यक्षता एवम् साना किसान विकास लघु वित वितिय संस्था तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
भवनको केन्द्रीय संघका अध्यक्ष पाठकले रिवन काटेर समुद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष पाठक सहकारी भनेको जनता आफैले अवसर लिनको लागि खोलेको बैंक भएको हुँदा जनतालाई समृद्दीको यात्रामा अगाडी बढाउन सहकारीले भुमिका खेलेको बताए । कृषिको विकास नभई देश विकास हुन नसक्ने भएकोले कृषि सहकारी बिशेष ध्यान दिएको बताउनुभयो ।
उनले सहकारीले व्यक्तीको जीवनमा परिवर्तन ल्याएको बताए । साथै उनले कृषि सहकारीले आफ्नै भवन निर्माण गरेर आत्म निर्भर बनेको भन्दै बधाई समेत दिए ।

सो कार्यक्रममा साना किसान विकास लघु वित वितिय संस्था इलाका बुटवलका प्रबन्धक गणेश भट्टराई , त्रिवेणी साना किसान कृषि सहकारीका प्रबन्धक सरिता शर्मा , वडा न.८ का वडा अध्यक्ष संतोष राजभर ,छविलाल हरिजन , हरि प्रसाद कोईरी लगायत शुभकामना मन्तव्य गर्नु भएको थिए भने कार्यक्रम संचालन रामेश्वर कोईरीले गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

