Rashtriya Dainik

अन्तर्घात गरेको भन्दै काङ्ग्रेस महामन्त्री विक्रम खनाल र गुणनिधि तिवारीलाई कारवाहीकाे माग

राष्ट्रिय दैनिक / नवलपरासी , १२ मंसिर

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवारलाई हराउन भुमिका खेलेको भन्दै कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल र महासमिति सदस्य गुणनिधि तिवारीलाई कारवाही गर्न उम्मेदवारहरुले माग गरेका छन् ।

निर्वाचनमा असहयोग र अन्तर्घात गरेको भन्दै लुम्बिनी प्रदेश महामन्त्री खनाल र महासमिति सदस्य तिवारीलाईलाई  साधारण सदस्य नरहनेेगरी कारबाहीको माग गरिएको हो।

बिनोद चौधरीले काग्रेस सभापति शेर बहादुर देउवालाई भेटेर आफुलाई संस्थापन ईतर पक्षले असहयोग गरेको बताएको भोली पल्ट फेरि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवारलाई हराउन भुमिका खेलेको भन्दै महामन्त्री खनाल र महासमिति सदस्य तिवारीलाई कारवाही गर्न उम्मेदवारहरुले माग गरेका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का पराजित उम्मेदवार तथा काग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कंण्डेल सहित प्रदेश सभामा विजयी वैजनाथ कलवार, प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार अयोध्या प्रसाद यादव, प्रदेश तर्फ समानुपातिक उम्मेदवार राधेश्याम पाठकद्धारा हस्ताक्षरित कारवाही माग गरिएको पत्र आईतबार नेपाली काग्रेसको केन्द्रिय अनुशासन समिति समक्ष बुझाईएको छ ।

आईतबारनै पत्र दर्ता भईसकेको कंण्डेलले जानकारी दिनुभयो ।

चुनावको समयमा विपक्षि संग साँठगाठ गरेर राप्रपाका उम्मेदवारलाई जिताउन भुमिका खेलेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारवाहि गर्न माग गरिएको छ ।

सामाजिक संञ्जालमा समेत खनाल र तिवारीले काग्रेसका उम्मेदवारलाई हराउन निर्देशन दिएको विषय बाहिरिएकोले काग्रेसको विधान अनुरुप तत्काल कारवाही गर्न काग्रेस केन्द्रिय अनुशासन समिति समक्ष माग गरिएको छ ।

महासमिति सदस्य तिवारीले रामग्राम नगरपालिकाको प्रमुखमा टिकट नपाएपछि स्वतन्त्र रहेको बताए पनि निरन्तर काग्रेस विरुद्धको गतिविधिमा सक्रिय रहेको अनुशासन समितिलाई बुझाईएको पत्रमा उल्लेख छ । साथै पटक पटक फोन सम्र्पक र भेट्ने प्रयास गर्दा समेत फोन नउठाउने र उम्मेदवारसंग सम्र्पकमा नआई विपक्षिलाई जिताउन लागिपरेको पनि दाबी गरिएको छ ।

जिल्लामा काग्रेस भित्र विक्रम खनाल र देवेन्द्रराज कंण्डेलको दुई गुट छ । दुई गुटवीचको लडाईको असर यो चुनाबमा पनि देखिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित