राजन कुमार बानिया /पर्सा १२ मंसिर
पर्साको निर्वाचन क्षेत्र नं. ४ (ख) बाट प्रदेश सभा सदस्यमा शानदार जित दर्ज गरेका सिंगासन सा कलवारले आइतबार भव्य बिजय जुलुस निकालेका छन् । सयाैंकाे संख्यामा नेता कार्यकर्ताहरू सहित निकालिएको विजय जुलुस क्षेत्र अन्तर्गतकाे कालिकामाई गाउँपलिकाको बिभिन्न वडाहरुमा परिक्रमा गर्दै धन्यावाद ज्ञापन गरेकाे कलवारका स्वकीय सचिव सचिन सिंहले बताए ।
एमाले-जसपा गठबन्धनका उम्मेदवार कलवारले भारी मतान्तरले आफ्ना निकटत्म प्रतिद्वन्दी एमालेका बागी उम्मेदवार प्रहलाद साह कानुलाई हराउँदै दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । कलवार १५ हजार ४३५ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार कानुले १२ हजार ६ सय ८१ मत पाएका थिए । अर्का प्रतिस्पर्धी बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी चाँद तारा कुमारी (शेख चाँद) ले एह हजार ७७३ मत मात्र पाएका थिए ।
यस पालिकाकाे निर्वाचनमा कलवारलाई हराउन गठबन्धन भित्र कै नेताहरु कमर कसेर लागेका थिए ।
कालिकामाई गाउँपालिका का सबै वडा हरुमा निकालेको जुलुसमा जसपा क्षेत्र नं. ४ का नेता, कार्यकर्तासहित उनका समर्थकहरु सहभागीता रहेको थियो । विजय जुलुसमा कलवारले प्रतिक्रिया दिदै यो जित विकास र आम जनताको रहेको बताए ।
जुलुसमा धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान,कालिकामाइ गाउँपालिका अध्यक्ष बशिष्टकुमार गुप्ता,
जसपा का कालिकामाइ गाउँपालिका समयोजन दिनेश साह कलवार,रामशिष महतो, हिमाञ्चल महतो, इन्द्रासन कलवार, राम पुकार यादव, रंजित साह कानु लगायतका जसपाका नेता, कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

