Rashtriya Dainik

गृहमन्त्री खाँणले राजीनामा दिने

काठमाडौं, ११ मंसिर । गृहमन्त्री बालकृष्ण खाँणले राजीनामा दिने भएका छन् । हालै भएको निर्वाचनमा पराजय व्यहोरेपछि उनी राजीनामा दिने मुडमा पुगेका हुन् ।

मतपरिणाम आएसँगै उनले हिजै राजीनामा दिने तयारी गरेका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राजीनामा दिनबाट रोकेका थिए । उनी राप्रपाका दीपक बोहोरासँग पराजित भएका हुन् ।

प्रधानमन्त्री देउवाले भने शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेको भन्दै बधाईसमेत दिएका थिए । खाँणनिकट स्रोतले जनाएअनुसार उनले आजै राजीनामा दिने सम्भावना छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित