नन्दु यादव नवलपरासी लामो समय सम्म सरकारको बिरुद्ध प्रभावकारी भूमिका खेल्न नसकेको आरोप खेपिरहेका बेला आज काँग्रेसले देशभर एकसाथ प्रदर्शन गरेर शक्ति देखाएको छ । आज शीर्ष नेताहरुकै अगुवाईमा देशभरका जिल्ला सदरमुकाम र शहरहरुमा काँग्रेसका लाखौँ कार्यकर्ता सडकमा ओर्लिएका छन् ।तेसै गरि नवलपरासी मा पनि भयकर रुपमा ल्यालीमा हजाराै कार्यकर्ताहरु सडकमा उत्रिएका छन । सरकार बिरोधी बिभिन्न नारा र झण्डा सहित उत्रिएका काँग्रेस कार्यकर्ताहरुको र्याली शान्ति पुर्ण रहेकाे बताईएकाे छ ।र्याली पछि जिल्ला सभापति बिष्णु पाैडेलकाे अध्यक्षतमा भएकाे काेण सभामा पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेल ,पुर्व सासद देवकरण कलवार (सन्तु) बिक्रम खनाल , प्रदेस सासद बैजनाथ जैसवाल ,जिल्ला समन्वय सामिति नवलपरासी काा सभापति शिवशकर राय ,रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता,सरावल गाउपालिका का अध्यक्ष राधेश्याम चाैधरी नेपाल महिला सघ नवलपरासी कि जिल्ला सभापति कमला तिवारी ,बिक्रम यादव लगायतले बाेल्नु भएकाे थियाे । भ्रष्टाचार, कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको लगायतका विभिन्न नारा लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज बिरोध प्रदर्शन आयोजना गरेको हो । । ठूलो संख्यामा काँग्रेस कार्यकर्ता र समर्थकहरुले र्यालीमा भाग लिएको देखिएको छ । मंसीर १७ गते वरिष्ठ नेता पौडेललाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टा थुने पछि काँग्रेसले ओली सरकार सर्वसत्तावादी भएको भन्दै नारा तय गरेर बिरोध कार्यक्रम घोषणा गरेको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।