Rashtriya Dainik

गृहमन्त्री बालकृष्ण खाणको संसदीय यात्रामा ब्रेक !

रुपन्देही , १० मंसिर
रुपन्देही क्षेत्र नं ३ मा ८४ हजार ७४ मतगणना हुँदा राप्रपाका दीपक बोहोरोले निरन्तर अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार राप्रपाका दिपक बोहोराले ३२ हजार ८ सय ४८ मत ल्याएर अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका बालकृष्ण खाणले ३१ हजार ६ मतका साथ पछ्याउँदै छन् ।

अब खाणलाई जित्न कठिन देखिएको छ । अहिले ३ वटा वडाको बाँकी मत गणना भइरहेको छ ।

यसैगरी प्रदेश सभा सदस्यमा एमालेका तुलसी प्रसाद चौधरीले१३ हजार ४२२ मतले अग्रता लिएका छन् भने नेपाली कांग्रेसका रामचन्द्र ढकालले १३ हजार ३६७ मतका साथ पछ्याइरहेका छन् ।

अब करिब छ हजार मत गणना बाँकी रहेको छ । आज १२ बजेसम्म मतगणना सम्पन्न हुने निर्वाचन कार्यालयले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित