Rashtriya Dainik

आफ्नाे पराजय भुलेर प्रतिस्पर्धीकाे जितमा खुसी साटे कण्डेल

राष्ट्रिय दैनिक / नवलपरासी , १० मंसिर

प्रतिनिधि सभा र प्रदेश सभा चुनावको अन्तिम मत परिणाम आउने क्रम चलिरहेको छ । जित्नेहरू फूलमालासहित विजयी उत्सव मनाउन र बधाई थाप्न व्यस्त छन् । हार्नेहरू निराश छन् र हारको समीक्षामा लागेका छन् । कतिपय उम्मेदवार हार्ने पक्का भइसकेपछि मतगणना स्थलबाट बाहिरिए र जितेकालाई बधाईसमेत नदिइकन आफ्नो बाटो लागे ।


तर चुनावमा कतिपय उम्मेदवार यस्ता पनि भेटिए जसले आफू नै जितेजस्तै गरी खुसी भावमा जित्नेलाई बधाई दिएका छन् । अनि कतै कतै त जित्ने उम्मेदवारको विजयी र्‍यालीमा पुगेर फराकिलो मन देखाएका छन् । अहिले यस्तै भिडियो र फोटो सामाजिक सञ्जालमा शेयर भइरहेका छन् । हार्ने र जित्नेबीच भएका केही रोचक गतिविधि यस्ता छन्–

देबेन्द्र राज कण्डेलले ध्रुव बहादुर प्रधानलाई दिएको बधाईको चर्चा

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुव बहादुर प्रधानले नेपाली काङ्ग्रेसका उम्मेदवार देबेन्द्रराज कण्डेललाई हराउनुभयो । चुनावको नतिजा सार्वजनिक भएसँगै मतगणना स्थलमा देबेन्द्रराज कण्डेलले बधाई दिन पुग्नुभयो । चउरमा उभिएका प्रधानलाई बधाई दिन पुग्नुभएका कण्डेलले फूलमाला र टिका लगाउदै सफल कार्यकालकाे शुभकामना दिनुभयो । उहाँले हँसिलो अनुहारमा भन्नुभयो, यहाँलाई बधाई छ ।

त्यसपछि कण्डेलले हात मिलाए अँगालो मार्दै सफलताको शुभकामना ब्यक्त गर्नुभएको हाे। साथै निर्वाचन क्षेत्र नम्बर २ का प्रदेशसभा सदस्य द्वय बैजनाथ जैसवाल र खडक बस्नेतलाई समेत फुल र अबिर लगाई सफल कार्यकालको शुभकामना दिनुभयो ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बिनाेद चाैधरी र प्रदेशसभा सदस्य द्वय देवकरण कलवार सन्तु र विश्वप्रेम पाठकलाई फुलमाला र अबिर लगाउदै सफल कार्यकालकाे शुभकामना दिदै दिनभरि विजय जसलुसमा संगसंगै घुम्नुभयाे ।

यो दृश्यले धेरै जना खुसी भए, कतिपय भावुक पनि देखिन्थे ।

कण्डेलकाे यश कार्यलाई राजनीतिक संस्कार यहि हाे , हारजित स्बिकार्नु पर्छ भन्दै धेरैले तारिफ पनि गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित