Rashtriya Dainik

लैङगिक हिंसा बिरुद्धको १६ दिवसिय अभियान नवलपरासीमा सुरु

राष्ट्रिय दैनिक / नवलपरासी , ९ मंसिर

प्रत्येक वर्ष झै यस वर्षपनी लैङगिक हिंसा न्युनिकरणमा जोड दिदै लैङगिक हिंसा बिरुद्धको १६ दिवसिय अभियान नवलपरासीमा सुरु भएको छ ।

सन १९ सय ८१ देखी सञ्चालनमा रहेको यस अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म सञ्चालन हुदै आएको छ ।

सोही अन्तरगत देसव्यापी रुपमा शुक्रवार विभिन्न कार्यक्रम गरी लौङगिक हिंसा बिरुद्धको १६ दिने अभियान उद्घाटन गरिएको छ ।

नवलपरासीकाे सरावल गाउँपालिका , प्रतापपुर र पाल्हिनन्दन गाउँपालिका लगाएत अन्य पालिकाले पनी अन्य संघ संस्थासँगको समन्वयमा विभिन्न कार्यक्रम गरी लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियानको उद्घाटन गरेको हो ।

सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजनकाे अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा बालबालिका लगायतको हक अधिकारको क्षेत्रमा कार्य गर्दैआएका संघसंस्थाहरुका प्रतीनीधीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले देशभरी लैङगीक हिंसाका घटनाहरु बढीरहेको समयमा तिनको न्युनिकरणका लागी राज्यस्तरबाटै थप पहलको आश्वस्यकता रहेको बताएका थिए ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेलले लैङगिक हिंसा बिरुद्ध सञ्चालन गरिने बिभिन्न कार्यक्रम अन्तरगत यस अभियान पनी एक प्रभावकारी कार्यक्रम रहेको बताउनु भएको हाे।

यस्तै कार्यक्रममा आबद्ध संस्थाहरु एबिसि नेपाल ,बेस नेपाल,सुअाहारा ,असल छिमेकी र नेपाल रेडक्रस साेसाइटी परासी लगायतका समाजीक संघ संस्थाको आयोजनामा लैङगीक हिंसा न्युनिकरण सँग सम्बन्धित बिभिन्न कार्यक्रमहरु यस लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत तय गरिएको जनाइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित