नेकपा सरकार विरद्ध नेपाली कांग्रेस नवलपरासीद्धारा विरोध प्रदर्शन

उमेश बि.क /नवलपरासी ,२९ मंसिर

नेपाली कांग्रेस जिल्ला कार्यसमिति पश्चिम नवलपरासीले नेकपा सरकार विरुद्ध र्याली सहित बृहत विरोध प्रदर्शन गरेको छ ।

सरकारको अधिनायकवादी र दमनकारी ब्यवहारविरुद्ध केन्द्रिय कार्यक्रम अनुसार नवलपरासी लगायत देशभर कांग्रेसले प्रर्दशन गरिएको हो ।

पार्टी कार्यालयबाट बृहत प्रर्दशनसहित वर्तमान सरकारको कार्यशैलीको भण्डाफोर भएको नेपाली कांग्रेस नवलपरासीकाे सभापति बिष्णु पाैडेलले जानकारी दिनुभयो ।

पार्टीका जिल्ला सभापति विष्णु पौडेकोको संयोजकत्वमा निक्लेको वृहद विरोध र्याली मालटोल, जिल्ला अदालत, बुद्धचोक, जिल्ला प्रशासन कार्यालय हुदै बुद्धचोक स्थित कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा जिल्लादेखि केन्द्रका नेताहरुको सहभागिता रहेको थियो भने पार्टीका विभिन्न भातृत्व संघ संगठन र पार्टीका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सरकार विरुद्ध विभिन्न नाराबाजी गर्दै निक्लेको विरोध र्यालीमा करिब २ हजार कार्यकर्ताहरुको सहभागिता रहेको थियो । विरोध प्रदर्शनमा नेकपा सरकार भ्रष्ट्राचारी सकार, कूशासन, अधिनायकवादी, महिला हिंसा, बलात्कार, कर वृद्धि र भ्रष्टाचारमा लिप्त भएको असफल सरकारको नारा सहित तनहुँको घटना प्रति घोर निन्दा समेत व्यक्त गर्दै नाराबाजी भएको थियो ।

पार्टीका सभापति विष्णु पौडेलको अध्यक्षतामा भएको कोणसभामा नेपाली कांग्रेसका केन्द्रिंय सदस्य एवं प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेल, संविधान सभा सदस्यद्धय नेता देवकरण जयसवाल, विक्रम खनाल, प्रदेश सभा सदस्य नेता बैजनाथ जयसवाल, पार्टीका जिल्ला उप सभापति अर्जुन कुमार पोख्रेल, नेका जिल्ला सचिव विक्रम यादव, नेका सहसचिव तथा जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, पार्टीका क्षेत्रिय सभापति एवं रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता, पार्टीका महासमिति सदस्य सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापाक्षेत्री, पार्टीका नेता सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी, महिला संघका जिल्ला सभापति कमला तिवारी लगायतले नेकपा सरकार भ्रष्टचार र अनियमिततामा लिप्त भएको आरोप लगाएका थिए ।

कम्युनिष्ट सरकारले देशका जनतालाई दुख दिने र कार्यकर्ता पाल्ने काम गरिरहेको आरोप लगाए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot