नवलपरासी ,९ मंसिर
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद विनोद चौधरीले निर्वाचनमा आफूले गरेको प्रतिबद्धता पूरा गर्न इमान्दारिताका साथ काम गर्ने बताउनुभएको छ ।
बर्दघाटमा आज आयोजित कार्यक्रममा बोल्दै चौधरीले पश्चिम नवलरासीको विकासका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । जनताको जीवनस्तर उकास्नका लागि इमान्दारिताका साथ सेवामा खटिने उहाँको भनाइ थियो ।
‘चुनावको समयमा मतदातासँग गरेको प्रतिबद्धता पूरा गर्न इमान्दार भएर लाग्नेछु । ती प्रतिबद्धतालाई केवल चुनावी प्रतिबद्धतामा मात्रै सीमित हुन दिन्न,’ चौधरीले भन्नुभयो, ‘जनताको जीवनस्तर उकास्न इमान्दारिताका साथ सेवामा खट्ने प्रतिबद्धता व्यक्त गर्छु ।
‘मतदाताको सम्मान गर्दै विश्वास टुट्न नदिने बताउदै कसैलाई पक्ष विपक्षीका रुपमा नलिइ नवलरासीकोे समस्या समाधानमा अघि बढ्ने उहाँको भनाइ थियो । ‘यस क्षेत्रको गरिबीलाई कसरी हटाउन सकिन्छ ? यहाँको समस्या समाधान गर्नुछ । यसलाई सबैसँग मिलेर व्यवस्थापन गर्नेछौँ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

