राष्ट्रिय दैनिक / नवलपरासी , ९ मंसिर
पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ बाट भारी मतान्तरले बिजयी बनेका नेपाली काङ्ग्रेसका नेता बिनोद चौधरीलाई ५१ किलोको सयपत्रि मालाले अभिनन्दन गरिएको छ।
बिजय र्याली सहित कार्यकर्ताहरुसंग हिडेका नेता बिनोद चौधरी र प्रदेश सभा सदस्य देवकरण कलवार सन्तुलाई नेपाल विद्यार्थी संघका सयोजक अनोज यादवद्धारा प्रतापपुरको सुर्यपुरामा ५१ किलोको माला लगाएर बिजयको शुभकामना दिएका हुन।

चौधरीसंग नवनिर्वाचित प्रदेश सभा सदस्य देवकरण कलवार,केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल समेत बिजय यात्रामा सहभागी बनेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

