Rashtriya Dainik

नवलपरासी १ ख प्रदेश सभा सदस्यमा काङ्ग्रेसका उम्मेदवार सन्तु विजयी

उमेश बि.क / नवलपरासी , ९ मंसिर

पश्चिम नवलपरासी क्षेत्र नं १ ख प्रदेश सभा सदस्य पदका नेपाली काङ्ग्रेसका उम्मेदवार देवकरण कलवार ” सन्तु ” विजयी भएका छन् ।

कलवारले जनमत पार्टीका असरफ अलि चुरिहारलाई २ हजार १ सय ९८ मतको अन्तरले पराजित गर्दै विजयी हुनुभयो ।

कलवारले ११ हजार २ सय ८४ ल्याएर विजयी हुँदा चुरिहारले ९ हजार ८६ मत ल्याएर पराजित हुनु भयो ।

तेस्रोमा एमालेका दीपकराज शर्माले ७ हजार ५ सय ७८ मत पाउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित