Rashtriya Dainik

पश्चिम नवलपरासी १ काे प्रतिनिधिसभा सदस्यमा विनोद चौधरी विजयी

राष्ट्रिय दैनिक / नवलपरासी ,९ मंसिर

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली काग्रेसका उम्मेदवार उद्योगपति बिनोद चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन।

उनले जनता प्रगतिशिल पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८६ मतान्तरले पराजित गरेका हुन।

चौधरीले २९ हजार ४ सय ९४ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन।

त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले १२ हजार ४ सय ९९ मत सहित तेस्रो स्थानमा रहेका छन।

निर्वाचित भएपछि चौधरीले यस क्षेत्रको दिगो विकास,कृषी क्षेत्र र रोजगारीका लागि योजनबद्धरुपमा काम गर्ने बताए। साथै आफुलाई विश्वास गरेर मतदान गर्ने मतदातालाई आभार ब्यक्त गरेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित