Rashtriya Dainik

प्रतापपुर गाउँपालिकाद्वारा निशुल्क च्याउकाे बीउ वितरण

उमेश बि.क / नवलपरासी , ८ मंसिर

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा 
ब्यवसायिक च्याउ खेती गर्ने कृषकहरुलाई निशुल्क च्याउकाे बीउ वितरण गरिरहेकाे छ।

प्रतापपुर गाउँपालपका कृषकहरुलाई च्याउ उत्पादनमा आत्म निर्भर बनाउन १०० प्रतिशत अनुदानमा च्याउकाे बीउ उपलब्ध गराइरहेकाे प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भएको छ ।

च्याउ खेती गर्नकाे लागि वडा नं. १ देखि ९ सम्मकाे दर्ता भएको समुह तथा तथा दर्ता भएको ब्यवसायिक फमलाई विशेष प्राथमिकतामा राखि वितरण भइरहेको कृषि अधिकृत विवेक ठाकुरले जानकारी दिनुभएको हाे।

व्यवसायिक कृषि खेती तर्फ कृषकहरुलाई आकर्षित गर्न प्रतापपुर गाउँपालिकाले किसानहरुलाई विभिन्न सर–सामाग्री उपलब्ध गराउदै आएको छ । कृषिमा आधुनिकरण गर्दै यहाँका किसानहरुको जिवनस्तर माथि उकास्न गाउँपालिकाले अनुदानमा विभिन्न कृष यन्त्र र मलखाद, बिउबिजनहरु उपलब्ध गराउदै आएको कृषि अधिकृत ठाकुरले बताउनुभएको छ ।

गाउँपालिकाका किसानहरुको मुख्य पेशा नै कृषि रहेकाले किसानहरू प्रम्परागत खेती भन्दा व्यवसायिक खेती गरि बढीभन्दा बढि फाइदा लिउन र कृषिमा क्रान्ती गरून भनि गाउँपालिकाले किसानहरूलाइ व्यवसायिक खेती तर्फ प्रोत्साहित गर्दै आएको छ । किसानहरूलाइ माछा, कुखुरा, गाइभैसी, खशीबाेका, तरकारी र व्यवसायिक खेती तर्फ अार्षित गर्न गाउँपालिकाकाे ध्यान रहेकाे छ ।

गाउँपालिकाकाले किसानहरुलाई खेती गर्न सहज होस भनि अनुदानमा विभिन्न उन्नत जातको बिउ बिजनहरु उपलब्ध गराउदै आएको गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित