Rashtriya Dainik

नवलपरासी १ क प्रदेश सभा सदस्यमा काङ्ग्रेसका उम्मेदवार पाठक विजयी

उमेश बि.क / नवलपरासी , ७ मंसिर

पश्चिम नवलपरासी क्षेत्र नं १ क प्रदेश सभा सदस्य पदका नेपाली काङ्ग्रेसका उम्मेदवार बिश्वप्रेम पाठक विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार पुण्यप्रसाद पाैडेललाई पछि पार्दै पाठक विजयी भएका हुन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पाठकले १५ हजार ४ सय ३६ मत प्राप्त गरेर विजयी भएका हुन ।

त्यस्तै उनका निकट प्रतिस्पर्धि नेकपा एमालेका पुण्यप्रसाद पाैडेलले १३ हजार ३ सय १६ मत ल्याएका थिए ।

पाठक २१२० मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित