नवलपरासी , ७ मंसिर
पश्चिम नवलपरासीको बर्दघाटमा खुकुरी प्रहार गरि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ को एक खाजा पसलमा गएराति दुई जनामाथि खुकुरी प्रहार गर्ने अभियुक्तलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । खुकुरी प्रहार गरेकामध्ये एक जनाको मृत्यु भएको छ भने एकको गम्भिर अवस्थामा उपचार भईरहेको छ ।

हत्या अभियोगमा बर्दघाट नगरपालिका वडा नम्बर २ का ५० वर्षीय ज्ञानेन्द्रबहादुर राना पक्राउ परेको र उनले हत्या गरेको स्वीकार गरेको प्रहरी उपरिक्षक ऋषिराम कंण्डेलले जानकारी दिनुभयो ।
अभियुक्त रानाले पसलधनी ४२ वर्षिय विष्णु कुमारी काउछा र कोठामा बसेका ४६ वर्षीय दीलिपकुमार पुनमाथि टाउकोमा खुकुरी प्रहार गरेर फरार भएका थिए ।
खुकुरी प्रहारबाट गंभिर भएका पुनको उपचारका क्रममा गएरातिनै मृत्यु भएको थियो । मृतक बडीघाट गाउँपालिका–४, बाग्लुङका हुन्।
चिन्ताजनक अवस्थामा भैरहवा मेडिकल कलेजमा उपचार भइरहेकी विष्णु पनि बडीघाटबाट बर्दघाट आएकी हुन् । विष्णुका श्रीमान भने बाग्लुङमै छन् ।
दुई छोराहरु कोरिया र रोमानियामा कामको शिलशिलामा छन् । विगत ४÷५ वर्षदेखि विष्णुले एक्लै बर्दघाटमा खाजा पसल सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।
मृतक पुन र विष्णुबीच नाता दाजुबहिनी रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

